FLASH NEWS
  • Loading...

सांसदले ठेक्का लिएको सडक अलपत्र

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७४ पटक पढिएको
सांसदले ठेक्का लिएको सडक अलपत्र

प्रतिनिधिसभाका सांसद नै सञ्चालक रहेको निर्माण कम्पनीले समयमै काम नसक्दा सडक कालोपत्र योजना अलपत्र परेको छ । सांसद जिपछिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सन र अच्युत खरेल सञ्चालक रहेको समानान्तर कन्स्ट्रक्सनको ढिलासुस्तीले बेनी–दरवाङ सडक स्तरोन्नतिसहित कालोपत्र हुन नसकेको हो ।

ठेकदारा कम्पनीको चरम लार्परवाही र नियमन गर्नु पर्ने निकाय पूर्वाधार विकास कार्यालयको रहस्यमय मौनताको कारण पश्चिम म्याग्दीको लाईफ लाईन मानिएको बेनी–दरवाङ सडकको पहिलो खण्ड नै कालोपत्रे अलपत्र अलपत्र पर्दा यो सडक किनाराका हजारौं रोपनी उर्वर खेतीयोग्य जग्गा पहिरोमा बगेको छ । वस्ती जोखिममा परेका छन । सयौं जना विस्थापित भएका छन ।

ती कम्पनीले साढे १२ किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का संयुक्त रूपमा पाएका थिए । ०७६ माघ ४ गतेभित्र सम्पन्न गर्नुपर्ने योजना पूरा नभएपछि ०७७ असोज मसान्तसम्म सक्ने गरी म्याद थपिएको थियो । योजना नियामक पूर्वाधार विकास कार्यालय बेनीका अनुसार हालसम्म योजनाको भौतिक प्रगति ४० प्रतिशत हाराहारी मात्र छ । कम्पनीले कार्यालयबाट ५ करोड ८० लाख पेस्कीबाहेक २२ करोड ३५ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

म्याग्दीका पश्चिम मंगला, मालिका र धौलागिरि तथा बागलुङको ताराखोला, बुर्तिवाङ जोड्ने सडकको सुरु खण्ड बेनी–लाम्पाटा १२.५ किमिमा ११ मिटर चौडा बनाई नालीबाहेक ७ मिटर चौडा कालोपत्रे गर्ने गरी ०७४ असोज ४ गते सम्झौता भएको थियो । साविक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना ०७५ पुसमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो । प्रदेश सरकारले चालु आवमा यो सडक कालोपत्र गर्न ४ करोड बजेट विनियोजन गरेको छ ।

‘ठेकेदारलाई काममा फर्काउन चारवटा पत्र लेख्यौं । टेलिफोनमा थुप्रै आग्रह गर्‍यौं तर बेवास्ता गर्दै आएका छन् । पत्रको रेस्पोन्स नै गरेको छैन,’ जिल्ला प्रशासन कार्यालयमा हालै सम्पन्न कार्यालय प्रमुखहरूको बैठकमा पूर्वाधार विकास कार्यालय प्रमुख नवराज पौडेलले भने, ‘ठेकेदार परिचालन नहुँदा हामीमाथि पनि प्रश्न उठेको छ । अब धरौटी जफत गरी कालोसूचीमा राखेर ठेक्का तोड्नुपर्ने अवस्था आएको छ ।’

पर्याप्त बजेट विनियोजन नभएकाले समयमै काम गर्न नसकेको निर्माण कम्पनीले बताउँदै आएको छ । ‘दुई वर्ष संघ र प्रदेश सरकारको खिचातानीले बजेटै परेन,’ समानान्तरका सञ्चालक खरेलले भने, ‘दुई वर्षअघि गरेको कामको तीन करोड भुक्तानी दुई वर्षपछि पायौं । कसरी काम समयमा हुन्छ ?’ तर कार्यस्थलमा एक जना मजदुर परिचालन नभएकाले ठेकेदार कम्पनीले बहानाबाजी गरेको सरोकारवालाले बताएका छन् । सडक चाक्लो पार्ने र ड्रेन बनाउनेसमेतका कामै भएको छैन । ठेकेदारले सडक चौडा पार्न भित्तामा लगाएको ग्याभिन जाली झिकेर फालेको तर नयाँ संरक्षणका काम नगर्दा गत बर्खामा भित्ता पुरै बगेर सडक तहसनहस भएको छ ।

जिल्ला प्रशासनका अनुसार बेनी–दरवाङको दोस्रो खण्ड, मंगला गापाको बाबियाचौर–अर्मन–किम्चौर हुँदै बागलुङ ताराखोला जोड्ने सडक, गलेश्वर–भगवती–बेग सडक र पोखरे–चित्रे सडकको कालोपत्रलगायत कार्य अधुरा नै छन् । source-ekantipur.com
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल