FLASH NEWS
  • Loading...

हिमालमुनी पाक्यो ‘सि बक्थ्रोन’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३१५ पटक पढिएको
हिमालमुनी पाक्यो ‘सि बक्थ्रोन’

हिमाल मुनीका वनपाखामा महत्वपूर्ण जडिबुटी डालेचुक (seabuckthorn)पाकेर पहेंलै भएको छ ।
आम्दानीको राम्रो संभावना बोकेको अमिलो जंगली फल डालेचुकको चेतना र प्राविधिक ज्ञानको अभावमा बर्षेनी जंगलमा खेर गैरहेको छ ।
मध्यम खालका रुखमा फल्ने बहुउपयोगी डालेचुकमा भिटामीन सि र ए प्रशस्त पाइन्छ । डालेचुकको परम्परादेखी स्थानिय समाजमा ज्यान दुखेको, हाडजोर्नी मर्केको र शरिरमा रगत बढाउने जस्ता थुप्रै रोगमा रैथाने औषधीको रुपमा प्रयोग गरिंदै आईएकोछ । डालेचुक मान्छेको मात्र होईन पशुको उपचारमा पनी प्रयोग गरिंन्छ ।
हिमाली क्षेत्रको दुई हजारदेखी तिन हजार मिटर उचाईका खेर गैरहेको अमिलो जंगली फल सि वकथ्रोनको फलबाट जुस र सर्वतको रुपमा तथा पातको हिमाली हर्वल चियाको रुपमा उपयोग गर्न थालिएको छ । जिल्लाको कुईने–मंगले, गुर्जा, शिख, दाना, नारच्याङ्ग, चिमखोला, मुदी र मुस्ताङ्गको लेते र घाँसा क्षेत्रको जंगलमा डालेचुक प्रसस्त पाईन्छ । पछिल्ला केही बर्षदेखी रघुगंगा गाउँपालिका, ८ घ्यासीखर्क, चौरखानीका महिलाहरुले बार्षिक ५ सय लिटरसम्म डालेचुकको रस (जुस) लिटर उत्पादन गरेपनि ब्यवसायीक प्रयोग र विक्रि भने भएको छैन ।


‘गाउँको जंगलमा खेर गैरहेको डालेचुकबाट जुस र सर्वत बनाउने सिप र बजार नभएकोले संभावना धेरै भएपनि खेर गैरहेको छ’ रघुगंगा गापा, ८ का वडाध्यक्ष गमन छन्त्यालले भने, ‘गाउँपालिकामा सि वकथ्रोनको ब्यवसायीक उपयोग गर्ने कार्यक्रम बनाउने योजनामा छु ।’
कात्तिक–मंशिरमा पाक्ने मसिनो गेडादार डालेचुकबाट पर्यटकिय बजारहरुमा ‘सिवकथ्रोन जुस र स्क्वास’ को नामले लोकप्रिय छ । मुस्ताङका थकालीहरुले डालेचुकको केही बर्ष अघिदेखी जुसको रुपमा पर्यटकीय बजारमा ल्याएका हुन । तर म्याग्दीका धेरै गाउँमा डालेचुकको परम्परागत जडिबुटी औषधीको रुपमा मात्र प्रयोग हुने गर्छ ।
काठमाण्डौ समेत ठूला सहरमा डालेचुकको पातबाट एन्टीटोक्सिडेन्ट ‘सि वकथ्रोन अर्गानिक टी’ भनेर ५० ग्रामको प्याक ५ सय रुपैयाँबढी मुल्यमा विक्रि हुने गरेको छ ।
‘सिवकथ्रोन जुस र स्क्वासलाई पर्यटकले निक्कै मन पराउँछन् तर उत्पादन न्युन रहेकोले माग पुर्‍याउनै सकिन्न’ बेनीकी पर्यटन ब्यवसायी विमला गौचनले भनन, ‘यो वर्ष पर्यटन क्षेत्र अस्तब्यस्त भएकोले सि वकथ्रोन पर्यटकलाई नभएपनि सहरका घर घरमा औषधीको रुपमा उपयोग गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल