- Loading...
लक्षण र चिन्ह भएकाको कोरोना परीक्षण र उपचार सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क
- पुनहिल डट कम
- ४ साल अघि
- १४० पटक पढिएको

कोरोनाको लक्षण र चिन्ह भएका व्यक्तिको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क हुने भएको छ । तर त्यसरी उपचार लिने व्यक्तिहरुले कुनै वीमा कम्पनीबाट कोरोना वीमा गराएको भए परीक्षण र उपचार खर्च बीमा रकमबाट असुलिने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको बुधबारको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले लक्षण र चिन्ह देखिएका व्यक्तिको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क हुने बताए ।
सरकारले कोरोनाको उपचारका केही निजी अस्पताल र मेडिकल कलेजसंग समेत सम्झौँता गरी त्यहाँको सेवा समेत प्रयोग गरेको छ । त्यस्ता अस्पतालमा पनि उपचार गर्दा पैसा लाग्दैन् । तर कोरोना विमा गरेको छ भने त्यस्तो व्यक्तिको उपचार खर्च भने वीमाबाट नै असुलिने डा गौतमले स्पष्ट पारे । उनले सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचारमा योगदान गर्न सक्ने समेत बताए ।
गत ३० भदौमा सरकारले गरीव तथा विपन्न, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको परीक्षण र उपचार मात्रै निशुल्क गर्ने बताएको थियो । सो निर्णयपछि कोरोना महामारीको बेला परीक्षण र उपचारबाट सरकार भागेको भन्दै आलोचना भएको थियो ।
जनताको कोरोना परीक्षण र उपचार निशुल्क हुनुपर्ने भन्दै सर्बोच्चमा रिट समेत परेको थियो । गत १५ असोजमा सर्बोच्चले परीक्षण र उपचार निशुल्क गर्नुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश जारी गरेको थियो । सोही आदेश अनुरुप गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णय गरेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
