FLASH NEWS
  • Loading...

ताप्लेजुङको नारायणी माध्यमिक विद्यालयमा पर्वतारोहण विषयको अध्यापन सुरू

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३२८ पटक पढिएको
ताप्लेजुङको नारायणी माध्यमिक विद्यालयमा पर्वतारोहण विषयको अध्यापन सुरू

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई सुरू गर्ने बताएका छन्।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण बिषय अध्यापनको मंगलबार शुभारम्भ गर्दै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताएका हुन्। मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धनसँगै विकास गर्नका लागि पर्यटन शिक्षा आजको आवश्यकता भएको बताए।

नेपालमा हिमाल आरोहण गर्नका लागि बर्षेनी हजारौ मानिस विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन बिषय अध्यापन शुरु गरेको गरिएको बताएका छन्।

नेपालमा नारायणी मावि पर्यटन तथा पर्वतारोहण बिषय पठाई गर्ने पहिलो विद्यालय भएको मन्त्रीले बताए। मंगलबार नै नारायणी माविमा कक्षा–११ र १२ मा अध्यापनको लागि गत शनिबरा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधानाध्यापक गणेशबहादुर प्रसाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौत्ता पत्रमा प्रतिष्ठानको तर्फबाट कक्षा–११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन, अध्यापन गराउन अनुभवी प्रशिक्षकहरु उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक तथा शैक्षिक सहयोग गर्ने भएको छ भने विद्यालयको तर्फबा पर्यटन तथा पर्वरोहण विषय कक्षा–११ र १२ मा अध्यायन गराउने, अध्यापन गराउन आउने शिक्षको ब्यवस्थानपन पाठयक्रको लागि पुस्तकालय लगायतका सामाग्री विद्यालय उपलब्ध गराउने सहमति भएको छ। source – dekhapadhi.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल