- Loading...
‘नेकपा विनाशको बाटोमा जाँदैछ, बेलैमा बैठक राखेर सम्हालौँ’
- पुनहिल डट कम
- ४ साल अघि
- २८५ पटक पढिएको

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद साम्य बनाउन अनुशासन आयोगले अविलम्ब बैठक बोलाउन माग गरेको छ। अनुशासन आयोगका प्रमुख अमृत कुमार बोहोराले सोमबार एक विज्ञप्ती जारी गर्दै अविलम्ब बैठक राखेर पार्टीभित्रको विवाद समाधान गर्न आग्रह गरेका छन्।
उनले दिनहुँ जसो सम्पूर्ण जनसमुदाय र आम पार्टी पङ्क्तिलाई निराश पार्ने ‘गालीगलौज’, ‘निन्दा भर्त्सना’, ‘आरोप-प्रत्यारोप’ र ‘पाटी विभाजन’ जस्त कुराहरु सार्वजनिक भइ रहेकामा चिन्ता व्यक्त गरेका छन्। पार्टीभित्रको विवाद बैठकबाट हल गरेर आरोप प्रत्यारोपबाट मुक्त हुनुपर्ने उनको धारणा छ।
‘हामीसँग अन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा मार्क्सवादी परम्परा रहेका छन्। विगतमा पार्टीमा उत्पन्न ठूलठूला दलहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरण छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु’ उनले भनेका छन्, ‘विधि र पद्धति पार्टीका प्राण हुन। पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन। यी कुराहरु हामीले बुझ्छौँ’, उनले भनेका छन्, ‘तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौँ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन्? अनि हामीहरू किन नितान्त आत्म केन्द्रित भएर सोच्दछौं।’
मार्क्सवादी हरु जालझेल र षडयन्त्रलाई मनदेखि घृणा गर्ने उनले बताए। ‘पार्टी र जनताका काममा गल्ती कमजोरी भए इमान्दारीपूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन्’, उनले भनेका छन्, ‘एउटा कम्युनिष्टले अवलम्बन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो। तर व्यवहारमा हाम्रो पार्टी यी कामहरुमा किन पछि परेको छ। सबैको मनमा प्रश्न उठिरहेको छ’ उनले भनेका छन्।
पार्टीका निर्णयहरु आवश्यकताले कार्यान्वयनको गर्नुपर्ने उनको धारणा छ। पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेको उनले प्रष्ट्याए।
‘पार्टी, अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकता बाँकी कामहरु आजसम्म थाँती रहेका छन्। तीन महिना, एक महिना पन्ध्र दिन र दश दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको छ’ उनले भनेका छन्, ‘तर विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरू वर्षौसम्म जिम्मेवारी विहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, मोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिँदैन?’
लामो रस्साकस्सी र विवादपछि समाधान कार्यदलले प्रस्तावको रुपमा ल्याएको तथा २६ भदौको स्थायी कमिटी बैठकले निर्णय समेत कार्यान्वयन नभएकाले समस्या देखिएको उनले बताएका छन्। शीर्ष नेतृत्वबाट निर्णय कार्यान्वयन गर्ने तत्परता नदेखाएर त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको आरोप समेत लगाए।
‘पार्टी नेतृत्वको सोच सधै फराकिलो हुनुपर्दछ। हृदयमा विशालता छैन भने त्यो कम्युनिष्ट हुनै सक्दैन। संकीर्णता, आग्रह पूर्वाग्रह गुटबन्दी र रिस रागले पार्टी चल्न सक्दैन। उत्तेजना, आवेग र गालीगलौजले समस्याको हल हुँदैन । यसले त विवादलाई सरल होइन झन् जटिल बनाउँछ’, बोहोराले थपेका छन्, ‘तनावलाई शिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पुर्याउँछ। विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ? यो गल्ती हामीले कदापि गर्नु हुँदैन। पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ। पार्टी विधान बमोजिम त्यसको समाधानमा पहल गर्नुपर्दछ।’
पार्टीका एकताको रक्षा गर्नु शीर्ष नेतृत्वको आजको आवश्यकता भएको समेत प्रस्ट्याएका छन्। समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्नका लागि पार्टी एकताको रक्षा गर्न आवश्यकता भएको उनले बताए।
‘फुट र विभाजन प्रतिगामी कुरा हुन्। विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिरहेका छौं। अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ। यसैले कमरेडहरू, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं। बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔँ,’ उनले भनेका छन्, ‘पार्टी एकताका बाँकी सबै कामहरु पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दीगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र सङ्गठनात्मक रुपमा एकताबद्ध बनाऔं।’
पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्नुपर्ने उनले बताएका छन्। source – thahakhabar.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
