FLASH NEWS
  • Loading...

कोरोनाको उपचार गर्ने डाक्टर संक्रमति स्वयंम आफै हो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४७५ पटक पढिएको
Post Thumbnail

कोरोना संक्रमण भएको ३४ औं दिनमा चाैथाे पटक दिएको पीसीआर रिपोर्ट आइवार नेगेटिभ आएको छ । कोरोना संगको लडाईमा आइसोलेशनमा रहदा स्वास्थ्यलाभको कामना गर्नु हुने, बिभिन्न माध्यमबाट हौसला प्रदान गर्नु हुने, घरमै आएर उर्जा थप्नु हुने सम्पूर्णमा हार्दिक आभार तथा मुरी मुरी धन्यवाद ।

कोरोनाको उपचार गर्ने डाक्टर संक्रमति स्वय‌ आफै हो । कोरोना भाइरसको औषधी, खोप अहिले सम्म बनिसकेको छैन् । दिर्घ रोगी भए पहिले जुन जुन औषधी सेवन गर्नु हुन्छ त्यो औषधी नियमीत सेवन गर्नु नै प¥यो । बाँकी औषधी भनेको संक्रमणको बेला जे जे समस्या आइलाग्छन त्यही त्यहीको औषधी प्रयोग गर्ने हो । जस्तै ज्वरो आए ज्वरोको, खोकी लागे खोकीको । कोभिडको औषधी त बनेकै छैन । अर्को प्रमुख औषधी भनेको कोरोनालाई परास्त गर्न सक्छु भन्ने आत्म विश्वास, मनोबल उच्च बनाउनु नै हो । नियमीत तातोपानीको बाफ लिने, तातो पानी, बेसार पानी, तातो सुप प्रशस्त खानुहाेस । पौष्टिक खाना, कागती पानी, अदुवा नियमीत रुपमा रुटिङ मिलाएर खाने र व्यायाम गरेमा यसलाई सजिलै जित्न सकिन्छ । बृद्ध बुवाअामा, बालबालिका र दिर्लाघ राेगीलाई भने स्याहार सुसार र नियमीत खानपान मिलाउनु पर्ने हुन्छ । अाकस्मिक स्वास्थ्य समस्या जटिल बन्न सक्छ । त्यसलाई ध्यानमा राख्दै सक्ने अवस्था भए घरमै अक्सिजन दिन मिल्ने गरि तयारी गर्दा स्वास्थ्य जटिल बनिहालेकाे अवस्थामा अस्पताल सम्म लग्न सहज हुने छ ।

कोरोनालाई सजिलै जितिन्छ भनेर स्वास्थ्यको ख्याल नगर्ने, अनुशासनमा नबस्ने हो भने कोरोना काल पनि बन्न सक्छ । कति जनाले रक्सी खाए कोरोना लाग्दैन भन्ने गरेकाे पाइएकाे छ । कोरोना संक्रमितले पनि एक दुई प्याक रक्सी पिए ठीक हुन्छ भन्ने समेत सुनिदै आएको छ । यसो गर्नु आप्नो स्वास्थ्यमाथी खेलवाड गर्नु हुने छ । होम आइसोलेशनमा रहेका बिरामीले स्वास्थ्यको बढी ख्याल गर्नु पर्छ । अस्पतालमा रहेका बिरामीलाई आकस्मिक रुपमा केही भइहाले स्वास्थ्य कर्मी डाक्टर निगरानीमा हुन्छन तर होम आइसोलेशनमा रहेकाका लागि त्यो सुबिधा हुँदैन । त्यसैले श्वासप्रश्वासमा समस्या भएमा वा अरु कुनै जटिल समस्या आएमा तुरुन्तै डाक्टर संग सम्पर्क गर्नु पर्दछ । कोरोना संगको लडाईमा रहनु भएका सबैलाई छिटो निको हुनुहोस हार्दिक शुभकामना छ ।

कोरोनालाई यस अघि नै परास्त गर्नु हुने सबैलाई बधाई । तर कोरोना जिते भनेर ढुक्क हुने अवस्था भने छैन् । बैज्ञानिकलाई मात्र होइन भगवानलाई समेत तीन छक पार्दै मानव कालकाे रुपमा फैलिएकाे काेरोना एक पटक लागेपछि फेरि सर्दैन भन्ने कुनै बैज्ञानिक आधार अहिले सम्म छैन् । त्यसैले कोरोनालाई जिते पनि पहिलेको जस्तै सर्तकता अपनाएर सुरक्षित रहनु पर्ने छ । सबैले स्वास्थ्यको ख्याल गर्नु होला । सुरक्षित रहनु होला ।

सबैमा हार्दिक धन्यवाद तथा आभार ।

कृष्णमणि बराल

पोखराका पत्रकार बरालको ब्लग पाठककालागी पनि उपयोगी हुने ठानेका छौं ।– सम्पादक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल