- Loading...
अमेरिकामा एकैदिन एक लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण
- पुनहिल डट कम
- ४ साल अघि
- ३२१ पटक पढिएको

अमेरिकामा कोरोना भाइरसको संक्रमणले दिनदिनै रेकर्ड कायम राखेको छ । अमेरिकामा बिहीबार मात्रै कम्तीमा एक लाख २१ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै बिहीबार मात्र एक हजार एक सय ८७ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको यो दोस्रो दिन हो । यसअघि बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको थियो । अमेरिकामा कोरोनाको पहिलो केस देखिएयता पहिलो पल्ट बुधबार एकैदिन ६ अंकमा संक्रमित भेटिएका हुन् । त्यस्तै बुधबार एक हजार ९७ जनाको कोरोनले मृत्यु भएको थियो ।
नेपाली समयअनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९६ लाख ६ हजार ५ सय २ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ९ सय ११ रहेको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३७ लाख ८१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
अमेरिकापछि दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ८३ लाख ६४ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोनाले एक लाख २४ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने ७७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
