FLASH NEWS
  • Loading...

बागलुङका २९ बर्षिय संक्रमित पुरुषको पोखरामा मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३९ पटक पढिएको
बागलुङका २९ बर्षिय संक्रमित पुरुषको पोखरामा मृत्यु

बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहिबार राती  ८ः ५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचार गराईरहेका थिए । निमोनिया लगायतका समस्या रहेका उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत बुधबार बागलुङमा मृत्यु भएका बागलुङ नगरपालिका–२ का ८१ बर्षिय पुरुषको पनि कोरोना भाईसर जाँचको रिपोट शुक्रबार पोजेटिभ आएको छ । यो सँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्यस्तै स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार पोखरा महानगरपालिका वडा नं. १० का ७७ बर्षिय पुरुषको बिहिबार राति उपचारकै क्रममा मृत्यु भएको छ । उनमा कात्तिक २ गते संक्रमण पुष्टि भएको थियो ।  पोखरा महानगरपालिकाका तीस दिने संक्रमित बालकको शुक्रबार दिउँसो १२ः १५ बजे मृत्यु भएको छ । उनमा निमोनियाको समस्या थियो ।उनको वडा खुलेको छैन् । वडा नं. १७ का ७५ बर्षिय पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको छ । उनी कात्तिक १४ गते संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुगेको निर्देशनालयले जनाएको छ ।