- Loading...
पर्वत कुश्माका तेह्र बर्षिय बालकले गरे बिश्वकै दोस्रो अग्लो बन्जीजम्प
- पुनहिल डट कम
- ४ साल अघि
- २८४ पटक पढिएको

कालीगण्डकीको खोंचमा बनेको २ सय २८ मिटर अग्लो बन्जीबाट हाम फाल्दा त धेरै पटक सोच्ने गर्दछन । तर साहस आँट भयो भने १३ बर्षिय बालकले पनि बिश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्न सक्छन ।
पर्वतको सदरमुकाम कुश्माका १३ बर्षिय बालक मन्दिप क्षेत्रीले कुस्मा र बाग्लुङको बलेवा जोड्ने बिश्वकै दोस्रो अग्लो बन्जीमा जम्प गरेका हुन । क्षेत्री बिश्वकै दोस्रो बन्जीबाट जम्प गर्ने सबैभन्दा कम उमेरका बालक हुन ।
द क्लिफ प्रालिले निर्माण गरेको बन्जी जम्पले अभिभावकको अनुमति र प्रत्यक्ष उपस्थितिमा बालबालिकाकालाई पनि बन्जी र बिश्वकै अग्लो स्विङ गर्न दिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो । ‘सहासिक खेल भएका कारण आँट र दह्रो मुटु बनाउने बालबालिकालाई पनि यो अवसर दिएका छौ’ उहाँले भन्नुभयो ‘त्यसका लागि अभिभावक स्वयम उपस्थित हुनुपर्छ र अनुमति दिनुपर्छ ।’ अहिले दैनिक झण्डै ५० जनाले बन्जी र स्विङ गरिरहेका छन ।
द क्लिफले बिश्वकै अग्लो स्विङ, बिश्वकै दोस्रो अग्लो बन्जी पालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङलाई कार्तिक १५ देखि ब्यबसायिक रुपमा सञ्चालन ल्याएको छ । निजी लगानीमा ५ सय २५ मिटर लामो एसियाकै नमुना पुल तथा बन्जी, स्विङ, गुलेली पिङ, स्काई साइक्लिङ, रिर्सोट निर्माणका लागि झण्डै २८ करोड रुपैया खर्च भएको छ । source-newsdabali.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
