FLASH NEWS
- Loading...
युएईका प्रधानमन्त्री शेख मोहम्मदले कोभिड-१९ बिरुद्धको खोप लगाए
- पुनहिल डट कम
- ४ साल अघि
- २२८ पटक पढिएको

युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ बिरुद्धको को खोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले कोभिड – १९ विरुद्धको खोप लिएको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा एक स्वास्थ्यकर्मीले उनको पाखुरामा खोप लगाइदिएकी छन् ।
उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन्।
केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेको बताइएको छ । युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ।
तर कुन देश र कम्पनीको खोप लगाइएको हो भन्ने बारेमा स्पष्ट खुलाइएको छैन् ।
श्रोत : एजेन्सीहरु
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
