Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गरे कोरला नाकामा विओपी भवन शिलन्यास

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २८८ पटक पढिएको
सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गरे कोरला नाकामा विओपी भवन शिलन्यास

सशस्त्र प्रहरी वलका प्रमुख शैलेन्त्र खनालले बुधवार कोरोला नाकामा बोर्डरु आउट पोष्ट (विओपी) भवनको शिलन्यास गरे ।
उत्तरी चीनसँग सीमा जोडिएको मुस्ताङ्गको लोमन्थाङ्ग गाउँपालिका, १ छोसेरको नचुङ्गमा ६ करोड बढी लागतमा निर्माण हुने विओपी स्थाई कार्यालय भवन बन्न लागेको हो । सरकारले गत जेठ १६ गते कोरला वोर्डर देखी १२ किलोमिटर तल स्थित क्वारेन्टाईन कार्यालयको एउटा खण्डमा विओपी स्थापना गरेको थियो ।
‘कोरला नाका नजिकै शसस्त्र प्रहरी वलको बोर्डर आउट पोष्ट (विओपी)को पक्की कार्यालय भवनको आज शिलन्यास भएको छ’ मुस्ताङ्गबाट गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले भने, ‘सशस्त्र प्रहरी वलको उपस्थितीले कोरला नाकाबाट हुनसक्ने सवै खाले अवान्छित गतिविधी नियन्त्रण हुने छ । विओपीको स्थाई उपस्थितीले नाकामा भन्सार ब्यवस्थित गर्न थप सजिलो हुने छ ।’


कोरला नाका समेत मुस्ताङको चीनसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्र्तरष्ट्रिय सीमा जोडिएको छ । नेचुङ्गमा रहने सीमा सुरक्षा पोष्ट (विओपी)मा स्थापना गर्न सदरमुकाम जोमसोम स्थित ३३ नम्बर गूल्मबाट २० जना सशस्त्र प्रहरी खटाईएको छ । हाल नेचुङ्ग स्थित भन्सार तथा क्वारेन्टाईन कार्यालयको भवनमा दुई कोठा छोडेर बाँकी कोठामा शसस्त्र प्रहरीको विओपी रहेको छ ।
यस अघि ०६६ फागुनमा छिमेकी चीनले उपल्लो मुस्ताङ्गमा चीन विरोधी गतिविधी बढेको गुनासो गरेपछि सरकारले चण्डिका शसस्त्र प्रहरी गण पर्वतबाट ४६ जनाको टोली सीमावर्ती नेचुङ्गमा सीमा सुरक्षा पोष्ट खडा गर्न खटाईएको थियो । तर टोली बाक्लो हिमपातले हिंड्न नसकेको कारण देखाई सदरमुकाम जोमसोममा बसेको थियो ।
नेपाली पक्षले सीमा सुरक्षा पोष्ट स्थापना गरेको मिडियाबाजी गरेपनि ब्यवहारमा कार्यान्वयन नगरेपछि चीनले कोरला नाकामा काँडेतार लगाएको थियो । बेनी–जोमसोम–कोरला सडक जोडिएको २४ नम्बर पिलर पारीपट्टी चीनले दशगजा छोडेर आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्वन्ध सहित पूर्वाधार खडा गरेको छ । तर सीमा वारी नेपालपट्टी खाली चौर चकमन्न पल्टेको छ । संरचना निर्माणको कुनै सुरसार देखिंदैन ।
नेपाल–चीन वीच हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको नेचुङ–लेक्जे (कोरला) नाकामा चीनियाँ भन्सार कार्यालयको आमने–सामने हुनेगरी नेपाली पक्षले एकिृकृत भन्सार कार्यालय स्थापना गर्ने प्रकृयामा छ । नाकामा एकिकृत भन्सार कार्यालय स्थापना गर्ने कुनै सुरसार नभएकोले सीमा सुरक्षामा खटाईएको शसस्त्र प्रहरी, जनपद प्रहरी र भन्सार १२ किमी वरै वस्न वाध्य छन । उत्तरी सीमामा रहने नेपाली सेनाको टोली पनि २५ किमी दक्षिणपट्टी तल लोमन्थाङ्ग छेउमा बसेको छ ।

तस्वीर : इन्द्रधारा विष्टको फेसवुकबाट 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल