वाली थन्क्याउने समयमा मौषम विग्रदै, हल्का पानी पर्ने सम्भावना

१८ कार्तिक २०७७, मंगलवार ०९:०९ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

कृषकले वाली थन्क्याउने मुख्य समयमा अकस्मात मौषममा वदली भएको छ । जल तथा मौषम पूर्वानुमान महाशाखाले आज र भोली पहाडी क्षेत्रमा मौषम वदली भै केही स्थानमा हल्का वर्षा हुुनसक्ने संभावना देखाएको छ ।

कार्तिक १८ गते (मंगलबार):

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागहरुका केही स्थानमा हल्का बर्षाको सम्भावना छ ।

कार्तिक १९ गते (बुधबार):

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू-भागहरुका १/२ स्थानमा हल्का बर्षाको सम्भावना छ ।