FLASH NEWS
  • Loading...

माउण्टेन इनर्जीले कात्तिक २६ गतेबाट आइपीओ निष्कासन गर्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११८ पटक पढिएको
माउण्टेन इनर्जीले कात्तिक २६ गतेबाट आइपीओ निष्कासन गर्ने

माउण्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यसमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् । त्यस अवधिमा सबै सेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । यसले जारी पुँजीको २०% अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो । यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।