FLASH NEWS
  • Loading...

बिमका बाढीपहिरो विस्थापित पुर्नवासका लागि ७० लाख जुट्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९१ पटक पढिएको
बिमका बाढीपहिरो विस्थापित पुर्नवासका लागि ७० लाख जुट्यो

बिम मालिका संघ अन्तराष्ट्रियको अगुवाईमा  मालिका गाउँपालिका–७, बिमका बाढीपहिरो विस्थापितको पुर्नवास र जग्गा ब्यवस्थापनका लागि ७० लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ ।

विश्वका विभिन्न देशमा छरिएका बिमबासीको सक्रियतामा स्थापना भएको संस्थाले असार २५ र २६ गतेको पहिरोका कारण विस्थापित लाई पुन:स्थापना गर्न सुरु गरेको अभियानमा ७० लाख २० हजार ८६५ रुपैयाँ सङ्कलन भएको हो । वडाभित्र बाढीपहिरोबाट पूर्णरुपमा विस्थापित, उच्च जोखिममा रहेका घरधुरीका सुरक्षित स्थानमा स्थानान्तर गर्ने गरी आर्थिक संकलन गरिएको बिम मालिका संघ अन्तराष्ट्रियका अध्यक्ष कृष्ण जुग्जालीले बताए ।
जुग्जालीका अनुसार बिम समाज यूकेबाट २२ लाख ६१ हजार ३०४ रुपैयाँ, अमेरिकामा १३ लाख ९ हजार २३० रुपैयाँ, बेल्जियममा ११ लाख ६१ जार ६९० रुपैयाँ संकलन भएको थियो । त्यस्तै जापानमा ६ लाख १२ हजार ८०४ रुपैयाँ, हकङकमा ४ लाख ४६ हजार ७५० रुपैयाँ, अष्टे«लयामा ३ लाख ३० हजार, दक्षिण कोरियामा २ लाख ४५ हजार, पोर्तुगलबाट १ लाख ६४ हजार १२३ रुपैयाँ आर्थिक सहयोग जुटेको थियो ।

त्यसैगरी, यूएईबाट १ लाख ५ हजार ४ सय, कतारबाट १ लाख २ हजार ६१०, मलेसियाबाट ५९ हजार ४ सय, स्पेन २७ हजार ६ सय, स्विजरल्याण्डबाट १० हजार, ओमन ५ हजार र बिम मालिका संघ केन्द्रिय कार्यालय काठमाण्डौबाट १ लाख ६९ हजार ८४० आर्थिक संकलन भएको छ ।

संस्थाको आयोजनामा पुनर्वास सम्बन्धि जुम मिटिङको प्रमुख अतिथि बिमका वडा अध्यक्ष रेशम जुग्जालीले पुर्नवास अभियानको प्रक्रिया सुरु भएको बताए ।

‘अब जग्गा ब्यवस्थापनको अन्तिम चरणमा छौ, ‘बिमबासीले खेल्नुभएको भूमिकाले पुर्नवासमा सजिलो हुन्छ’ जुग्जालीले भने । विस्थापित ३३ घरधुरीको पुर्नवासमा संकलित रकम खर्च हुने छ । बिममा पहिरोमा परेर ८ जना मृत्यु र एक जना अझै बेपत्ता छन् । जुम मिटिङमा संघका केन्द्रिय अध्यक्ष देउप्रसाद जुग्जाली लगायतको उपस्थिति रहेको थियो ।