- Loading...
बेनीमा पुन: एक हप्ता लकडाउन
- पुनहिल डट कम
- ४ साल अघि
- १११ पटक पढिएको
सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० बर्षिय बृद्धको दशैं मनाएपछि कोरोना संक्रमणबाट विहिवार मृत्यु भएपछि बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रवार दिउँसो सूचना प्रकाशन गरी बेनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा, सदरमुकाम बेनी स्थित सवै वैंक, वित्तिय संस्था, सरकारी कार्यालयबाट प्रदान गर्ने सेवाहरु समेत सवै सेवा शुक्रवार राती १२ बजेदेखी २१ गते राती १२ बजेसम्मकालागी बन्द गरेको छ । बेनी नगरपालिका, सुरक्षा समिति, उद्योग वाणिज्य संघ समेतका आग्रहमा जिल्ला प्रशासनले एक साताकालागी लकडाउन गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘अति आवश्यक सेवा र वस्तु (अस्पताल, औषधी पसल २४ सै घन्टा)का सवै पसल विहान ८ बजेदेखी १० गतेसम्ममात्र खोल्न पाईने छ ।’ सूचनामा आवश्यक सुरक्षा तथा स्वास्थ्इ मापदण्ड अपनाई अति जरुरी काममा बाहेक कसैले पनि घर बाहिर ननिक्लन आग्रह गरेको छ ।
सदरमुकाम बेनीको ठूलो सामाजिक, राजनैतिक, ब्यवसायीक एवं वित्तिय संस्थामा सकृय सदस्यहरु रहेको तथा ठूलो पारिवारिक जमघटमा हालै दशैं मनाएकाे परिवारका सदस्यको कोरोनाबाट मृत्यु भएपछि संक्रमण रोक्न लकडाउन गरिएको हो ।