- Loading...
बेनी नजिकै जीप दुर्घटना, बालिकाको मृत्यु, १० जना घाईते
- पुनहिल डट कम
- ४ साल अघि
- १२९ पटक पढिएको

बेनी नगरपालिका, ८ जलेश्वरमा रघुगंगा गाउँपालिका, ६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको बोलेरो जीप शुक्रवार करिव १२ बजे कालीगण्डकी नदी किनारामा खस्दा अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० बर्षिया रिया विकको उपचार क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ । जीपमा सवार अन्य १० जना घाईते भएका छन ।
जिल्ला प्रहरी प्रमुख किरण कुँवरले दिएको विवरण अनुसार दुर्घटनामा परी घाईतेहुनेहरुमा रघुगंगा गापा, ६ ठाडाखानीका वसन्त छन्त्याल (३०), सोही ठाउँका जीप चालक नन्द छन्त्याल, कौसभा पाईजा (५०)। ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८) र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन (४२) रहेका छन ।
घाईतेहरुको बेनी अस्पतालमा उपचार भैरहेको र गम्भीर घाईतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ । घट्नास्थल सदरमुकाम बेनीदेखी करिव १ किलोमिटर उत्तर बेनी–बेनी जोमसोम सडक खण्डमा पर्छ । दुर्घटनाको कारण खुलेको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
