- Loading...
मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने
- पुनहिल डट कम
- ४ साल अघि
- २३८ पटक पढिएको

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् । १ वर्षमा १ हजार उडान हुनेछन् र २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुग्नेछन् ।
मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनामा काम गरिरहेको कम्पनी स्पेसएक्सले यस्तो योजना सार्वजनिक गरेको हो । अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले झण्डै २ दशकदेखि मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ । पछिल्लो जानकारी कम्पनीकी सीओओ गिन्नी शटवेलले टाइम म्यागजिनसँगको कुराकानीका क्रममा बताएकी हुन् ।
शटवेलका अनुसार कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको छ र यसको लागि अहिले स्टारलिंकका स्याटेलाइटहरुलाई अन्तरिक्षमा स्थापित गरिँदैछ । शटवेलका अनुसार स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराउनेछन् । यी स्याटेलाइटले दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम गर्नेछन् ।
सीओओ शटवेलका अनुसार जब मानिस मंगल ग्रहमा पुग्नेछन् उनीहरुलाई पृथ्वीमा रहेका मानिसहरुसँग कुरा गर्नु पर्नेछ । यो कामको लागि स्टारलिंक स्याटेलाइटको भूमिका अहम हुनेछ । स्पेसएक्सले २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुर्याउने योजना बनाएको छ । कम्पनीको योजनाअनुसार हरेक दिन मंगल ग्रहका लागि ३ उडान उड्नेछन् । हरेक उडानमा १०० जनाले मंगल ग्रहसम्मको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसअघि २०१७ मा एलन मस्कले आफूले २०२२ सम्ममा मंगल ग्रहमा २ कार्गो विमान पठाउन चाहेको बताएका थिए । उनले २०२४ सम्म अन्य ४ विमान पठाउन चाहेको समेत बताएका थिए । यी चार फ्लाइटमा २ जना मानिस पनि जाने उनको योजना थियो । स्पेसएक्सले स्टारशिप रकेटमार्फत मानिसलाई मंगल ग्रहमा पठाउन चाहन्छ । अघिल्लो महिना एलन मस्कले रकेट बनाउने काम भइरहेको बताएका थिए । उनले मंगल ग्रहमा बस्ती बसाउनु निकै कठिन हुने र यस क्रममा कैयौं खतरा पनि हुने स्वीकार गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
