महत्व वुझ्न नसक्दा नासिदै म्याग्दीका सम्पदा

१२ कार्तिक २०७७, बुधबार १८:४४ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

५ सय मिटर चौडा र करिव दुई किलोमिटर लम्बाई क्षेत्रफलमा लम्पसार परेको बेनीमा ३ वटा एतिहासिक मन्दीर छन । दुर्गाभगवतीको कोटमन्दीर, बेनी शिवालय र बालमुक्तिेश्वर महादेव । दुवै मन्दीर कम्तीमा ३ सय बर्ष पुराना हुन । तर वालमुक्तेत्वर महादेव मन्दीर रैथाने जेठो पुस्ताबाहेक वेनीबासी अनभिज्ञ छन ।

काली गण्डकी र म्याग्दी नदीको संगमस्थल बेनीमा अवस्थित दुवै शिव/महादेव मन्दीरका आ–आफ्नै विशेषता र पहिचान छन । तत्कालिन पर्वतका राजा मलवमले १७५४ मा यी मन्दीर निर्माण गरेको लिखत छन । बेनी कोटमन्दीर मल्ल राजको हिउँदे राजधानी बेनीको टक्सार पनि हो । मन्दीर इट्टाले बनेको छ ।

शिवालय मन्दीरहरु पाञ्चायन शैलीमा निर्मित छन । मन्दीर भित्र शिवलिङ्ग, गणेश, नारायण, भगवती आदीका शिलामुक्र्ति छन । बेनी शिवालय मन्दीर खुल्ला मञ्च छेउमा छ । दुई सय मिटर उत्तर प्रकाश माध्यामिक विद्यालयको ठिक अगाडी छ, बालमुक्तेश्वर महादेव मन्दीर । वरीपरी अग्ला घर र २०३७ सालमा लक्ष्मी नारायण मन्दीर बनेपछि बालमुक्तेशर मन्दीर छोपिएको हो ।

‘बेनीको सभ्यताको सवैभन्दा पुरानो मन्दीर वालमुक्तेश्वर मन्दीर नै हो । तर समयचक्रले मन्दीर ओझेलमा छ/पारियो । कालन्तरमा पुजा संञ्चालन गर्न राखिएको गुठीले नै बालमुक्तेश्वर मन्दीर ओझेलमा पाऱ्यो । ०३०–०३५ सालसम्म मन्दीरमा ताम्रपत्र थियो अहिलो गायव छ ।’ मन्दीरका रैथाने सँधियार अविरकुमार श्रेष्ठले भने, ‘मल्लाजबेनीको बजार, उपल्लो धान फाँट र म्याग्दी क्याम्पसले चर्चेको सवै जग्गा गुठी हो । मन्दीरको पुजा संञ्चालन गर्न राखिएको त्यत्रो गुठी जग्गाबाट अहिले मन्दीरमा शुन्य आम्दानी छ । कोही रैकर बनाए, केही तिरो गुठीको नाममा उपभोग भैरहेको छ ।’

अन्नपूर्ण गाउँपालिका, ६ कालढुङ्ग स्थित कालीगण्डकी नदीमा मिसिने उत्तरगंगा (घारखोला)को दोभानमा समकालिन पाञ्चायन शैलीमा निर्मित अर्को जलेश्वर शिवालय मन्दीर छ । बेनी–जोमसोम सडकको ट्रयाक खन्न ०६२–०६४ सालमा पोखरेमा क्याम्प गरेको नेपाली सेनाले प्राचिन मन्दीरलाई ओझेल पारेर सटाएर सिमेन्टको दुर्गा भगवतीको मन्दीर बनाई दिएको छ ।

नेपाल सम्पदा सूचिमा जिल्लामा ताकमकोट (भुरे राजाको दरवार एरिया), बेनी शिवालय, बालमुक्तेश्वर महादेव मन्दीर, कोट भण्डार, जगन्नाथ मन्दीर, घतान कोट र ढोलठान समेत ८ वटा मन्दीर तथा स्थानलाई प्राचिन स्मारक तथा पुरातात्वक वस्तुमा सुचिकृत छन ।

‘आफ्नै शरिरमा रहेको सुगन्ध खोज्न कस्तुरीले पुरै भीरजंगल चाहरे जस्तै हामीले हाम्रै सम्पदा चिन्न सकेका छैनौं । आरसिसि गरेको घर/मन्दीर बनाउन पाए ठूलो हुने बुझौं, सम्पदाको महत्व नै वुझेनौं । हाम्री हाम्रा पुर्खाको संस्कृति र सभ्यता मात्र नष्ट गरेका छैनौं, हाम्रा सन्ततीलाई पनि हाम्रो सभ्यता मेटाई दिएका छौं’ बेनीका पर्यटन अभियन्ता राजेश शाक्यले भने, ‘हाम्रो सम्पदाको संरक्षण गर्न र महत्व वुझाउन नयाँ मन्दीर होईन, पुरानै शैलीमा जिर्णोद्धार गर्न आवश्यक छ ।’

सम्पदा र सभ्यताको संरक्षण नितान्त आवश्यक हुन जान्छ । सम्पदा सभ्यताको संरक्षणबाट समाज अझ परिस्कृत हुन जान्छ । यसले समाजलाई संयमित एवं मर्यादित बनाउन मद्धत गर्छ । तर समुदायले प्राचिन सम्पता एवं स्मारको महत्व नवुझ्दा र पुरातत्व विभाग समेत राज्यको उचित ध्यान नपुग्दा प्राचिन स्मारक नासिदै जान थालेको छ । प्राचिन यी मन्दीरमा राखिएका ताम्रपत्र, घन्टा समेतका पुरातात्विक महत्वका सामाग्री संरक्षण नहुँदा हराएका छन ।

जिल्लामा भएका पुरातात्वक महत्वका सम्पदा मात्र ओझेलमा छैनन, यी मठमन्दीरका नाममा रहेका सयौं रोपनी गुठी जग्गा पनि गुमनाम छ । २२ से २४ से राज्य कालका मल्ल राजाहरुले स्थापना गरेका बालमुक्तेश्वर र बेनी शिवालय मन्दीरको पुजा संञ्चालन गर्न राखेका म्याग्दी बेनी र पर्वत बेनीका दुई सयबढी रोपनी खेत गुठी अलपत्र छ ।

पुरातात्वीक तथा प्राचिन सम्पदाहरुको संरक्षण गर्ने दायित्व राज्यको हुन्छ । संरक्षकको दायित्व वोकेका राज्यका निकायहरु वेखवरहुँदा वर्तमान तथा भावी सन्ततिको लागी संरक्षण गर्नु पर्ने आफ्ना पर्वजहरुद्वारा निर्माण गरिएका प्राचिन तथा एतिहाँसिक स्मारक, देवस्थल, रमणीय स्थको अस्तित्व संकटमा पर्दै गएका छन ।
प्राचिन स्मारक संरक्षण ऐन २०१३ (संशोधनसहित)को परिभाषा अनुसार स्थापत्यकालको दृष्टिकोणले महत्व राख्ने एक सय बर्ष नाघेका मन्दिर, घर, देवालय, शिवालय आदी तथा सो ठाउँमा रहेका स्मारकहरुको भग्नावशेषलाई ‘प्राचिन स्मारक’ र एतिहासिक कालमा मानिसले निर्माण गरी उपभोग गरेका वस्तु तथा इतिहास बोध गराउने अभिलेखहरु, मुद्रा वा एतिहासिक विशिष्ट ब्यक्ति बसेको घर र त्यस्तो ब्यक्तिले प्रयोग गरेको वस्तु, घर, घरायसी सामाग्री, मुर्ति, देवी देवताको मन्दीर, चैत्य, शालिक आदीलाई ‘पुरातात्विक बस्तु’ भन्ने गरिएको छ ।