- Loading...
शीर्ष टिम मुम्बई र बैंगलोर भिड्दै
- पुनहिल डट कम
- ४ साल अघि
- १३५ पटक पढिएको

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।
शीर्ष स्थानको मुम्बईले अबुधाबीमा बैंगलोरसँग खेल्नेछ । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
मुम्बई बैंगलोरलाई हराएर शीर्ष यथावत राख्न चाहन्छ । मुम्बई जित निकाल्दै प्ले अफ सुरक्षित गर्न चाहन्छ ।
बैंगलोरसँग मुम्बई अघिल्लो भेटमा व्यहोरेको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।
तर, बैंगलोरविरुद्ध मुम्बईका कप्तान रोहित शर्माले खेल्ने सम्भावना न्यून रहेको छ । चोटका कारण उनले पछिल्लो दुई खेल गुमाईसकेका छन् ।
यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि आठौं जितको खोजीमा हुनेछ ।
बैंगलोर मुम्बईलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ । बैंगलोर ११ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
मुम्बईविरुद्ध बैंगलोरले कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनीलाई मैदान उतार्ने छन् ।
मुम्बईसँग क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडीको साथ रहने छ । एजेन्सी ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
