- Loading...
‘सरप्राइज लाभांश’ले बैंकिङ समूहमा चमक, बुलको पूर्वसंकेत हो ?
- पुनहिल डट कम
- ४ साल अघि
- २९१ पटक पढिएको

कोरोना कहरका बीच बैंकहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा बैंकिंग समूहका सेयर खरीद गर्नेको चाप देखिएको छ । यहीकारण दशैंविदापछि आजदेखि खुलेको बजारमा बैंकिङ समूहमा चमक देखिएको छ ।
बजार पूँजीकरणमा सबैभन्दा धेरै हिस्सा ओगट्ने बैंकिंग समूहको सेयरमा आकर्षण बढ्न थालेपछि मात्र दिगो उछाल सुरु भएको मानिने भएका कारण समेत यो समूहको सूचकमा उछाल आउँदा बजारमा रौनक छाउने गर्दछ । दशैंविदापछि बुधबार बजार खुलेलगत्तै यस्तै रौनक देखिएको छ । कतिपय अनुभवी लगानीकर्ताहरुले वाणिज्य बैंक समूह चलेका कारण अब बजारमा बुल सुरु भएको समेत दाबी गर्न भ्याएका छन् । तर, आजको एकैदिनको कारोबारका आधारमा त्यस्तो भनिहाल्नु हतारो मात्र हुनेछ ।
कारोबारको एकघण्टा समय बित्दा समूह वाणिज्य बैंक समूहको सूचकमा करिब २ प्रतिशत बराबरको बढोत्तरी भइसकेको छ । अन्य समूह कारोबार खुलेपछि बढे पनि घट्न थालेका छन्, तर बैंकिंग समूहमा राम्रो बढोत्तरी देखिएको छ ।
बैंकिंग समूहमा स्क्रीप्ट चलेका कारण पनि एकघण्टाको अवधिमा ५० करोडभन्दा बढीको सेयर किनबेच भइसकेको छ । यही अवस्था कायम रहे बुधबार २ अर्ब बढीको कारोबार हुनसक्ने आँकलन गर्न सकिन्छ ।
कारोबार खुलेको एकघण्टामा धेरै कमाउने प्रमुख १० कम्पनीको सूचीमा ७ स्थानमा वाणिज्य बैंकले कब्जा गरेका छन् । सिटिजन्स बैंकको सेयरमूल्य ५ प्रतिशतले बढिसकेको छ भने प्राइम कमर्सियल बैंकको मूल्य ४ प्रतिशत, ग्लोबल आइएमई बैंकको सेयर मूल्य साढे ३ प्रतिशत, हिमालयन बैंकको पनि साढे ३ प्रतिशत, प्रभू बैंकको ३.२४ प्रतिशत, सिद्धार्थ बैंकको साढे २ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य ३.२३ प्रतिशतले बढिसकेको छ ।
वाणिज्य बैंकबाहेक विकास बैंक समूहको परिसूचक पनि करिब १ प्रतिशतले बढिसकेको छ । बित्त कम्पनीको उपसूचक सामान्य मात्र बढेको छ भने दशैंविदाअघिसम्म चम्किरहेको जलविद्युत समूहको परिसूचक घट्दो क्रममा देखिएको छ । जलविद्युत कम्पनीको सेयर बेचेर बैंकिंग समूहका सेयर खरीदतर्फ लगानीकर्ता लागेको देखिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
