FLASH NEWS
  • Loading...

नेपालमा थप ४४ सय ९९ जनामा संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९४ पटक पढिएको
नेपालमा थप ४४ सय ९९ जनामा संक्रमण

नेपालमा शुक्रबार थप ४४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित हालसम्म संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ६३ पीसीआर परीक्षण भएको हो ।

यस्तै देशभर कोरोनाको सक्रिय केस ४६ हजार ६ सय ९१ पुगेको छ ।
गएको २४ घण्टामा २ हजार ६ सय ६८ जना निको भएका छन् । निको हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ । निको हुनेदर ६८ दशमलब ९ रहेको छ ।

हालसम्म संक्रमितमध्ये आठ सय २९ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।