- Loading...
म्याग्दीका रेष्टुरेन्ट, होटल तथा लजबाट एक हजारबढी मजदुरले गुमाए रोजगारी
- पुनहिल डट कम
- ४ साल अघि
- १४५ पटक पढिएको

कोरोना भाईरस संक्रमणको विश्वब्यापी महमामारीले निम्त्याएको लकडाउनले ब्यवसाय वन्द भएपछि घरभाडा तिर्न नसकेपछि ब्यवसायी पनि धमाधम पेशाबाट पलायन हुन थालेका छन ।
ब्यवसायबाट ब्यवसायी नै पलायन हुन थालेपछि साना/ठूला होटल तथा रेष्टुरेन्टमा कार्यरत एक हजारबढी मजदुरहरुले रोजगारी गुमाएको होटल ब्यवसायी संघले जनाएको छ । संघमा आवद्ध तथ्याड्ढ अनुसार म्याग्दीका ३ सय ५० बढी रेष्टुरेन्ट, होटल तथा लजमा १ अर्वबढी लगानी रहेको छ । अहिले खुलेका सवै होटल, रेष्टुरेन्टहरु स्वरोजगार मुलक शैलीमा चलेका छन ।
‘लामो समयदेखीको लकडाउनको कारण होटल तथा रेष्टुरेन्ट वन्दहुँदा घरभाडा तिर्न नसक्दा बेनीका मात्र १५ बढी होटल ब्यवसायी पलायन भए । आफ्नै घरमा स्व।रोजगार मुलक होटल ब्यवसायी बाहेक अन्यले ब्यवसायमा टिक्न समस्या भएको छ’ होटल ब्यवसायी संघका अध्यक्ष बावुराम आचार्यले भने, ‘ब्यवसाय नै बन्द गरी ब्यवसायी पलायन भएपछि कार्यरत मजदुर स्वभाविक रोजगारी गुमाएका छन । खुलेका होटल/रेष्टुरेन्ट स्वरोजगारमुलक शैलीमा चलेका छन ।’
आन्तरिक लकडाउन केही खुकुलो भएपनि संक्रमण झन समुदायमा फैलिदै गएको अति जरुरी काममा बाहेक मान्छेहरु घर बाहिर निक्लेका छैनन । यातायात खुलेपनि कोरोनाको त्रासले मान्छे अझै यात्रामा निक्लने र स्थानीय पनि बाहिर होटल रेष्टुरेन्टमा खाजा खान निक्लन पनि डराएका छन । बेनीमा होटल त खुल्लेपनि ग्राहक आउन सकेका छैनन ।
सदरमुकाम र स्थानीय गाउँपालिका केन्द्र रहेका क्षेत्रमा होटल तथा साना रेष्टुरेन्ट चलेका भएपनि बाह्य पर्यटक लक्षित पर्यटकीय क्षेत्र घोडेपानी, महरे, चित्रे, तातोपानी लगाएतका बाह्य पर्यटकीय क्षेत्रका होटल तथा लजहरु खुलेका छैनन । कोरोना त्रासमा रहेका ब्यवसायीले घोडेपानी/पुनहिल क्षेत्रमा तिहार अघि पर्यटकलाई प्रवेशमा रोक लगाएका छन ।
महंगो घरभाडा तिरेर ब्यवसाय संञ्चालन गरेका रेष्टुरेन्ट, होटल तथा लजहरु घरबेटीले कम्तीमा १ महिनाको घरभाडा छुट दिँदा पनि थेग्न नसकेपछि ब्यवसायबाट नै पलाएन भैरहेको होटल ब्यवसायी संघले जनाएको छ । घरभाडा तिर्न नसकेपछि केही ब्यवसायले होटलका सामाग्री नै घरवेटीलाई बुझाएर ब्यवसायबाट पलाएन भएका छन ।
होटल ब्यवसायी सँघ म्याग्दीका अनुसार कम्तीमा १२ होटल ब्यवसायी घरभाडा बुझाउने अर्को विकल्प नभएको भन्दै पेशाबाट पलाएन भएका छन । महंगोमा घरभाडा लिएर स्वीमिङ पुलसहितको होटल संञ्चालन तयारीमा रहेको कोरला होटल औपचारिक संञ्चालनमा समेत आउन नआई विस्थापित भएको हो ।
त्यसैविच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले सोमबार ‘होटल तथा रेष्टुरेन्टलाई धितो मानेर बैंक/वित्तिय संस्थाबाट कर्जा ब्यवस्था, पानी, विजुली, इनटरनेटमा लकडाउन अवधिको छुट, घरधनीको कर्जाको ब्याजमा छुट, र बैंकको ब्याज तथा साँवा गाभेर कम्तीमा २ बर्ष भाका बडाउने ब्यवस्था मिलाईदिन’ जिल्ला प्रशासन कार्यालय मार्फत सघीय सरकालाई ज्ञापन पत्रले ध्यानाकर्षण गराएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
