FLASH NEWS
  • Loading...

मुस्ताङमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७९ पटक पढिएको
मुस्ताङमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

टुकुचेस्थित बेनी–जोमसोम सडकमा पार्किङ गरेर राखेको काठमाण्डौ जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको घोडाघोडी यातायात प्रालिको बस र कोवाङबाट जोमसोमतर्फ जाँदै गरेको बा ३९ प ७२८० नम्बरको मोटरसाइकल सडक क्रस गर्नेमा अचानक ठोक्किदा दुर्घटना भएको थयो ।
दुर्घटनामा परि मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ४ बस्ने १८ वर्षिय बिनोद सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार, बस र मोटरसाईकल सडक क्रस गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल पछि बसेका सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु भएका सुनारको शलाई शुक्रबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पठाईएको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । प्रहरीले बसका र मोटरसाईकल चालक दुबैलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।