FLASH NEWS
  • Loading...

बेनीको फेन्सी पसलले दम्पतीलाई कोरोना, जोखिम झन बढ्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९५ पटक पढिएको
बेनीको फेन्सी पसलले दम्पतीलाई कोरोना, जोखिम झन बढ्यो

म्याग्दी सदरमुकाम बेनीमा पछिल्लो एक सातादेखी कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिएसँगै संक्रमणको जोखिम उच्च भएको छ ।

आज (शुक्रवार) मात्र सदरमुकम बेनीको बिरेन्द्रचोकमा फेन्सी सन्चालन गर्दै आएका एक दम्पतीलाई कोरोना पुष्टि भएको छ । ज्वरोसमेत लक्षण देखिएपछि अस्पतालमा चेक गर्न जादा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

दम्पतीसंगै शुक्रबार संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका १० का ३० बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, विहिवार छुट्टै संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका दुई जना स्टाफ नर्स र गाउँपालिका कर्मचारी सहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालका वर्ष २७ र २१ क दुई जना स्टाफ नर्स र मंगला गाउँपालिकाका ३५, २८ र २४ बर्षिय तीन जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालका स्टाफ नर्स र मंगला गाउँपालिकाका तीन जना पुरुष सोहि पालिकाका कर्मचारी हुन् ।