- Loading...
चन्द्रमामा पुग्ने भयो नोकिया, चन्द्रमामा ४जी नेटवर्क सुरु गर्ने तयारीमा नासा
- पुनहिल डट कम
- ४ साल अघि
- १५७ पटक पढिएको

पृथ्वीमा ५ जी को विकास भएर प्रविधिले फड्को मारिरहेका बेला अब ४जीले चन्द्रमामा नेटवर्क बनाउने भएको छ । मोबाइल कम्पनी नोकिया सँगको सहकार्यमा नासाले चन्द्रमामा ४ जी नेटवर्कको सुविधा सुरु गर्न लागेको हो।
नोकियाले अन्तरिक्षमा पहिलो वायरलेस ब्रडब्यान्ड कम्यूनिकेशन सिस्टम सन् २०२२ को अन्त्यसम्ममा चन्द्रमाको सतहमा बनाइ सक्ने बताएको छ ।
कम्पनीका अनुसार, अमेरिकी अन्तरिक्ष एजेन्सीको भविष्यका लागि योजना बनाइरहेको छ कि, मान्छे चन्द्रमामा फेरि जान सक्नेछन् र बस्ती बसाउन सक्नेछन् ।
कम्पनीले यसका लागि टेक्सस बेस्ड स्पेस क्राफ्ट डिजाइन कम्पनी इन्टुएटीभ मेशीनहरुका साथ साझेदारी गर्नेछ, जसले नोकियाको इक्वीपमेन्ट चन्द्रमामा पुर्याउनेछ ।
कम्पनीका अनुसार, यो नेटवर्कले अन्तरिक्ष यात्रीहरुलाई आवाज र भिडियो कम्यूनिकेशन गर्ने सुविधा प्रदान गर्नेछ ।
नेटवर्कले चन्द्रमामा ४जी/एलटीई कम्यूनिकेशन सिस्टम स्थापित गर्नेछ । यसै प्रयोजना अन्तर्गत नोकियाको औद्योगिक अनुसन्धान तथा वैज्ञानिक विकास कम्पनी बेल ल्याब लाई १४.१ मिलियन डलर प्रदान गरेको छ ।
यसैगरी नासाले चन्द्रमाको सतहमा प्रविधि विस्तार गर्न एक दर्जन भन्दा बढी कम्पनीहरुलाई ३७० मिलियन डलर प्रदान गरेको थियो।
यी आविष्कारहरुमा रिमोट पावर उत्पादन, रोबोटिक्स, सुरक्षित ल्यान्डिङ, ४ जी नेटवर्कको सुविधा जस्ता प्रविधि समावेश गरिएको थियो।
नासाको अनुसार ४ जी नेटवर्कले चन्द्रमामा रहेको हालको रेडियो मानकहरु भन्दा बढी भरपर्दाे र लामो दुरीको सञ्चार प्रदान गर्न सक्छ। यो नेटवर्कपछि पृथ्वीमा जस्तै ५जी नेटवर्कमा पनि अपग्रेड हुनेछ ।
नासाले सन् २०२८ सम्म चन्द्रमामा मानव उपस्थिति कायम गर्ने लक्ष्य राखेको छ ।
यो नेटवर्क चन्द्रमा सतहलाई ध्यानमा राखेर डिजाइन गरिएको छ र चन्द्रमामा रकेट ल्यान्ड गर्ने क्रममा पनि राम्रोसँग चल्नेछ । एजेन्सी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
