- Loading...
कोरोनासँग भागेर एक–दुई दिन जोगिएला तर एक दिन त अवश्य भिड्नै पर्छ–मन्त्री गुरुङ्ग
- पुनहिल डट कम
- ४ साल अघि
- २०० पटक पढिएको
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले अव कोरोना भाईरससँग भागेर साध्य नभएकोले लडेरै जित्नु पर्ने बताएका छन ।
‘कोरोना भाईरसबाट भागेर उम्कन सकिने अवस्था छैन । एक–दुई दिन उम्किन सकिएला तर सँधै जोगिन्छु भन्न सकिन्छ । संक्रमणको उच्च जोखिममा रहेकाहरुको विशेष ख्याल गर्दै अव कोरोनाको सामाना गर्ने हो’ मन्त्री गुरुङ्गले भने, ‘अव अर्थतन्त्रले कोरोना थेग्न सक्दैन । अन्तसुल्क, आयकर, राजश्व, भन्सार आदी आम्दानी श्रोत संकलन ३० प्रतिशत हाराहारीमा ओर्लेको छ । प्रशासनीक खर्च धान्नै धौ हुने अवस्था छ । अव अर्थतन्त्र चलायमान बनाऔं ।’
मन्त्री गुरुङ्गले थपे, ‘लकडाउनको मोडालिटी अव असफल भैसकेकोले सजग, सतर्कतासाथ कोरोनासंग लड्नु पर्ने बताए । पुलिस देखेर मास्क लगाउने साथी भेटेर मास्क फुकालेर अंगालो हाल्ने, जुठो खान पछि नपर्ने हाम्रो स्वभावले पनि कोरोना जित्न सकिन्न ।’
म्याग्दीको पहिरोग्रस्त धौलागिरी गाउँपालिकाको मराङ, मालिका गापाको विम समेत म्याग्दी खोलाले तटिय क्षेत्रमा गरेको कटान र बेनी नगरपालिका, ९ पात्लेखेतको पहिरो अवलोकनगरी फर्केका मन्त्री गुरुङले मंगलवार बेनीमा पत्रकार भेटघाट गरेका थिए ।
मन्त्री गुरुङ्ले जोखिमयुक्त वस्ती स्थानन्त्रण गर्ने कुरामा प्रभावितको सहमतिसहित वस्ती राख्ने आवश्यक जग्गाको टुङ्गो गरेमा प्रदेश तथा संघिय सरकारले बजेट विनियोजन गर्ने बताए । म्याग्दीलाई विपदग्रस्त जिल्लाको लिष्टबाट छुुटाएकोले गण्डकी प्रदेश सरकारले असोज २ गते क्याविनेट वैठकबाट ‘म्याग्दीलाई विपदग्रस्त’ जिल्ला घोषणा गर्न संघिय सरकारसँग माग गरेको जनाएको छ ।