- Loading...
लाइसेन्स परीक्षामा सहभागी डाक्टरले प्रश्नपत्रको फोटो खिच्न थालेपछि ….
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

शनिबार सम्पन्न चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा नेपाल मेडिकल काउन्सिलले आइतबार (हिजो) बेलुका प्रकाशित गरेको छ । प्रकाशित नतिजामा मेडिकल तर्फ (एमबीबीएस) एक जना विद्यार्थीको नतिजा स्थगित गरिएको उल्लेख छ ।
एक जना परीक्षार्थीको नतिजा किन स्थगित गरियो ? नेपाल मेडिकल काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, ‘उनी परीक्षाको मर्यादा विपरित गतिविधिमा सहभागी भएको पाइयो । त्यसैले स्थगित छ ।’
उनले अगाडी थपे, ‘ती विद्यार्थी नेशनल मेडिकल कलेज वीरगञ्ज केन्द्रबाट परीक्षामा सहभागी थिए र अहिले प्रहरी हिरासतमा पुगेका छन् ।’
लाइसेन्स परीक्षामा सहभागी डाक्टर कसरी पुगे हिरासतमा ?
काउन्सिलबाट परीक्षा सञ्चालनका लागि वीरगञ्ज पुगेका सदस्य डा. प्रविन्द्र अधिकारीले घटनाबारेमा बेलिविस्तार लगाए । उनका अनुसार परीक्षा मर्यादा विपरित गतिविधि गर्ने व्यक्ति डा उमाशंकर राय हुन् । उनी चीनबाट एमबीबीएस पास गरी आएका रहेछन् । पहिलो पटक लाइसेन्स परीक्षामा सहभागी रहेछन् । उनले अगाडी थपे, ‘ हामीले परीक्षा हलमा मोवाइल लैजान निषेध गरेका थियौं, बाहिरको मुख्यद्धारामा मेटल डिटेक्टरबाट सबै जाच पनि गरेका थियौँ तर उनले हलमा प्रश्नपत्र बाँढेको तीस मिनेटमा धमाधम फोटो खिच्न थालेछन् । परीक्षाको मर्यादा पालकले देखे नियन्त्रणमा लिए । धमाधम प्रश्नपत्रको फोटो खिचे पनि पठाईहाल्न चाही भ्याएको रहेछन् । प्रहरीको आइटी विशेषज्ञले हेरेपछि थाह भयो । तर उसको गतिविधिहरु पहिले देखि नै संकास्पद थियो ।’
कस्तो शंकास्पद ?
पक्राउ पछि थाह भयो ती परीक्षाले त करीव एक साता अघि देखि काउन्सिल अध्यक्ष डा भगवान कोइराला सहित प्राय सवै पदाधिकारी र सदस्यहरुलाई सम्पर्क गरेका रहेछन् । वीरगञ्जमा परीक्षा गराउन पुगेका डा प्रविन्द्रलाई पनि उनले फोन गरेका थिए ।
‘तर ती सबै कुरा पक्राउ पछि थाह भयो,’ डा अधिकारीले भने, ‘पहिले देखि नै सबैलाई फोन गर्ने र भेटौँ भन्ने । तर कसैले वास्ता गरेका रहेनछन् ।’
उनले शनिबार परीक्षा हलमा मुल गेटबाट मोवाइल लान नपाए पनि भित्रै उनको कोही मान्छेले उनलाई उपलव्ध गराएको हुनसक्ने बताए । ‘पहिले देखि नै केही संकास्पद गतिविधि त देखाएको रहेछन तर ती सबै कुरा पछि मात्रै थाह भयो,’ डा प्रविन्द्रले भने ।
काउन्सिल प्रवक्ता डा अधिकारीले परीक्षा र मेडिकल क्षेत्रको मर्यादा विपरित कार्य गरेको हुनाले हदैसम्मको कारवाहीका लागि आफूहरुले सिफारिस गरेको बताए । ‘उनले विद्यार्थीको नियत चिटिङ गर्ने मात्रै नभई प्रश्नपत्र नै आउट गर्ने र परीक्षालाई अस्तव्यस्त गराउने उद्धेश्य समेत हो कि भन्ने आधार देखिन्छ । त्यसैले पनि हामीले उनको यो गतिविधिलाई सामान्य रुपमा लिएका छैनौं,’ उनले भने । नेपाली हेल्थ

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
