- Loading...
अष्ट्रियामा आफ्नै तीन सन्तानको हत्या गर्ने नेपाली महिला को हुन् ? किन यस्तो गरिन् ?
- पुनहिल डट कम
- ४ साल अघि
- २२२ पटक पढिएको

अष्ट्रियामा एक नेपाली महिला आफ्नै तीन सन्तानको हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन् । उनले शनिबार आफ्ना तीन सन्तानको हत्या गरेपछि आफैं प्रहरीलाई खबर गरेकी थिइन् । उनले घटनास्थलमा प्रहरी आएपछि आफैंले आफ्ना तीन सन्तानको हत्या गरेको बताएकी थिइन् । ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
स्थानीय मिडियाका अनुसार ती नेपाली महिलाका श्रीमान उनीसँग बस्दैनथे । महिला आफ्ना तीन सन्तानसँग बस्थिन् भने उनका श्रीमान उनीसँग छुट्टिएर बस्दै आएका थिए । श्रीमानसँग छुट्टिएर बसेको उनको पारिवारिक पृष्ठभूमिलाई हेरेर प्रहरीले पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।
घटनास्थलमा प्रहरी पुग्दा महिला स्वयं पनि घाइते थिइन् । उनले आफ्नै हात काट्ने प्रयास गरेको हुन सक्ने चोटको प्रकृतिले देखाएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियाले लेखेका छन् । उनले पनि आत्महत्या गर्ने प्रयास गरेको पृष्ठभूमिले पनि उनलाई यस्तो अपराधतर्फ मानसिक तनावले उक्साएको अनुमान गरिएको छ ।
उनले आना नौ वर्षीय छोरी, तीन वर्षीय छोरी र आठ महिने छोराको हत्या गरेको बताएकी छिन् । प्रहरी उनी बसेको अपार्टमेन्टमा पुग्दा तीन वर्षीय बालिका र आठ महिने बालकको ज्यान गइसकेको थियो तर नौ वर्षीय बालिकाको सास चल्दै गरेको पाइएकोले उनलाई तत्काल अस्पताल लगिएको थियो तर अस्पतालमा उनको ज्यान गयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया उच्च स्रोतले डिसीनेपाललाई दिएको जानकारी अनुसार ती महिला बुटवलकी ३१ वर्षकी चन्द्रा भट्टराई अर्याल हुन् । यस विषयमा भियनास्थित नेपाली दूतावासले स्थानीय प्रहरीसँग सम्पर्कमा रहेको बताएको छ ।
दूतावासले आफ्नो फेसबुकमा लेखेको छ ‘आज मिति १७ अक्टोबर २०२० का दिन भियनामा घटेको अकल्पनीय घटनाप्रति सम्पूर्ण नेपाली समुदाय सहित यस राजदूतावास परिवार समेत अत्यन्त दुखित रहेको छ । सो घटनाका सन्दर्भमा स्थानीय प्रहरीसँग राजदूतावास नियमित सम्पर्कमा रहिरहेको छ ।’ source-dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
