- Loading...
‘अन्तै हत्या गरेर असइको शव नदीमा’
- पुनहिल डट कम
- ४ साल अघि
- १३५ पटक पढिएको

कैलालीमा अस्थायी प्रहरी चौकीका इन्चार्जको हत्या भएको छ । धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बिट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदीले बताए। ‘असईको हत्या गरी मोहना नदीमा शव फालिएको रहेछ। प्रारम्भिक अनुसन्धानमा अन्यत्रै हत्या गरेर नदीमा फालेको देखिएको छ,’ डिआईजी सुवेदीले भने।
उनका अनुसार विक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि बेपत्ता थिए। साउँद भने अझै बेपत्ता छन्। बेपत्ता प्रहरीको खोजीका लागि गोताखोर टोली घटनास्थलमा पठाइएको छ। सशस्त्र प्रहरीको अत्तरियास्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थलतर्फ गएको सशस्त्रका डिआइजी हरिशंकर बुढाथोकीले बताए।
तस्कर सँगको भिडन्तमा एक जना प्रहरीको मृत्यु भएको आशंका गरिएपनि त्यसको अझै पुष्टि हुन सकेको छैन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
