FLASH NEWS
  • Loading...

बच्चाले बन्दुक समातेको तस्वीर फेसबुकमा अपडेट गर्दा …

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८६ पटक पढिएको
बच्चाले बन्दुक समातेको तस्वीर फेसबुकमा अपडेट गर्दा …

ईलाका पहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारी नेतृत्वको प्रहरी टोलीले गए राति बन्दुक सहित तमानखोला गाउँपालिकाबाट ११ जनालाई प्रकाउ गरेको छ । घर तथा आसपासका क्षेत्रमा लुकाई राखेको ११ नाल बन्दुक सहित तमानखोला गाउँपालिका वडा नं. १ र २ बोङखानी क्षेत्रबाट उनिहरुलाई रातको समयमा प्रकाउ गरिएको बाग्लुङ प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एकजना बच्चाले बन्दुक सहितको फोटो पोस्ट गरेसँगै अनुसन्धानमा उत्रिएको प्रहरी टोलीले ११ जनाबाट ११ नाल बन्दुक सहित उनिहरुलाई प्रकाउ गर्नै सफल भएको हो । विना इजाजत राखिएका बन्दुक सहित उनिहरुलाई प्रकाउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङमा ल्याइएको र भोलि बिहान बागलुङ सदरमुकाम पठाईने ईलाका प्रहरी जनाएको छ ।