- Loading...
यो वर्ष परीक्षा नहुने, मूल्यांकनबाटै विद्यार्थी उत्तीर्णको व्यवस्था
- पुनहिल डट कम
- ४ साल अघि
- १४४ पटक पढिएको

कोरोना महामारीका कारण यो वर्ष वैकल्पिक माध्यमबाट अध्ययनअध्यापन भइरहेको छ। अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत पठन पाठन भइरहेको छ।
असोज १ गतेबाट विद्यार्थी सिकाई सहजीकरण अनुसार पठनपाठन भइरहेको छ। त्यसका लागि अहिलेको पाठ्यक्रममा केही परिमार्जन गरेर सजिलो बनाइएको छ।
विगत वर्षमा हुने गरेका परीक्षाहरू यो वर्ष नगर्ने मनसायमा सरकार छ। त्यसका लागि आन्तरिक मूल्यांकनमार्फत नै विद्यार्थीलाई पास गरिनेछ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड दिएको भन्दै त्यहीअनुसार अगाडि बढिने बताए।
“यो वर्ष पढाएर परीक्षा लिइदैँन। सिकाएर विद्यार्थीको मूल्याङ्कन गरिन्छ। त्यसकै आधारमा विद्यार्थीको कक्षोन्नति गरिनेछ” भट्टराईले भने।
वैकल्पिक विधिबाट सिकिरहेका विद्यार्थीको मूल्याङ्कन के कसरी गर्ने भन्ने अन्योल रहेका बेला केन्द्रका प्रवक्ता समेत रहेको निर्देशक भट्टराईले परीक्षा नगरेर मूल्यांकनको आधारमा हुने बताए।
उनका अनुसार शिक्षकहरुलाई तीन घण्टे परीक्षामा नअल्मलिन आग्रह गर्दै वैकल्पिक माध्यमबाट सिकेका विद्यार्थीलाई ५० भन्दा बढी तरिका अपनाएर मूल्याङ्कन गर्ने विधि पाठ्यवस्तु समायोजन ढाँचामा दिइनेछ। अंकको अल्झनमा परेर ग्रेडिङ गर्नेभन्दा पनि विद्यार्थीले जानेको र उनीहरूले गरेका क्रियाकलापलाई आधार मानी शिक्षकले मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।
“विद्यार्थीले पठ्यक्रमले निर्धारण गरेको कुरा सिके नसिकेको नै प्रमुख हुन्छ। त्यसका लागि विद्यालयमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा नै गर्नुपर्छ भन्ने छैन्। मूल्यांकन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने, “उनीहरुले के सिके भन्नेबारे कसरी मूल्याङ्कन गरियो भनेर शिक्षकले प्रमाण राख्नुपर्नेछ। गृहकार्य गराएको हो वा परियोजना कार्य ? अथवा टेलिफोनबाट प्रश्न सोधिएको हो ? त्यसको प्रमाण शिक्षकले राख्नुपर्छ। त्यो नै कार्यसञ्चयिका हो। अनिमात्र त्यसले मान्यता पाउँछ।”
तीन प्रकारको मूल्याङ्कनः
पाठ्यवस्तु समायोजन ढाँचाले तीन प्रकारको मूल्याङ्कन निर्धारण गरेको छ। जसमा निरन्तर मूल्यांकन, प्राक्टिकल र प्रमाणीकरण मूल्याङ्कन छन्। यसमा ‘टेक्स्ट’ (पाठ्यवस्तु) र ‘कन्टेक्स्ट’ (परिवेश) माआधारित प्रश्न सोध्न सकिनेछ।
गृहकार्य, परियाजना कार्य, साना समूहमा विभाजन गरी प्रश्न राख्ने, टेलिफोनमार्फत् सोध्ने, अनलाइन प्रविधिजस्ता विधिबाट विद्यार्थीको मूल्याङ्कन गरिने उनले बताए।
मान्य अवस्था जस्तो तेस्रो त्रैमासिकसम्मको परीक्षा लिने नभई मंसीरको अन्तिम साता र चैतको पछिल्लो हप्ता गरी दुई पटक मूल्याङ्कन गर्नुपर्नेछ । विद्यालयले गर्ने मूल्यांकनको पालिका स्तरबाट निगरानी, सुपरिवेक्षण तथा निर्देशन हुने व्यवस्था गरिएको छ। “मूल्याकन गर्नका लागि दुई किसिमको समिति बनाएका छौं। एउटा व्यवस्थापन समितिअन्तर्गत रहन्छ। भने अर्को स्थानीय तहअन्तर्गत रहेर समिति बनेका छन्। ती समितिहरूले शिक्षकले गरेको मूल्यांकनको सुपरिवेक्षण गर्नेछन्।” निर्देशक भट्टराईले भने।
सम्भव भएमा परीक्षा पनि गर्न सकिने :
विगतका वर्षमा तीन घण्टाको परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गरिँदै आएको थियो। तर, यो वर्ष त्यो सम्भव छैन्। यदि कुनै विद्यालयले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिन सक्छ भने त्यसलाई पनि नकार्न नसकिने निर्देशक भट्टराईले बताए।
कक्षा ८ को परीक्षा भने पालिकास्तरमा हुन्छ। त्यस्तै कक्षा १० को परीक्षा राष्ट्रियस्तरमा हुन्छ। त्यो बाहेकका परीक्षा विद्यालयले नै मूल्याङ्कनकाआधारमा गर्न सबैलाई अनुरोध गरे।
“शिक्षकहरू वैकल्पिक सिकाइ सहजीकरणमार्फत परीक्षा गर्न सकिदैँन भन्ने गुनासो गर्दै आएका छन्। विद्यार्थीलाई कक्षाकोठामा उपस्थित गराएर मात्र परीक्षा लिनुपर्छ भन्ने छैन्। त्यसका लागि मूल्यांकनलाई प्राथमिकता दिन सबैमा अनुरोध गर्दछु”, निर्देशक भटट्राईले भने।
महामारीको जोखिमका कारण लकडाउन भएससँगै चैतबाट देशभर विद्यालय बन्द भएका थिए। २०७७ असार १ बाट वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका अनुसार विद्यार्थीले रेडियो, टेलिभिजन, अनलाइन तथा स्वाध्याय सामग्रीमार्फत् सिक्दै आएका छन्।
उक्त निर्देशिकालाई संशोधन गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार असोज १ गतेबाट पठनपाठन भइरहेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
