- Loading...
गाउँपालिका अध्यक्षलाई काेराेना पुष्टि भएपछि जलजला गाउँपालिकाको सेवा बन्द
- पुनहिल डट कम
- ४ साल अघि
- १२१ पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीको सिमावर्ती पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ।
अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन्।
विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गरेका छन्। अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो। अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।
म्याग्दी सदरमुकाम बेनीको सिमावर्ती जलजला गापा अध्यक्षलाई कोरोना संक्रमण पुष्टी भएसगै धेरै उठवस हुने म्याग्दीमा पनि संक्रमणको थप जोखिम बढेको छ । अध्यक्ष रामकृष्णका अधिकांश ब्यवसायीक पार्टर पनि म्याग्दीका पनि छन ।