- Loading...
म्याग्दी प्रहरीले तीन महिनामा ११७ बर्ष कैद असुल गरायो
- पुनहिल डट कम
- ४ साल अघि
- १४७ पटक पढिएको
प्रहरीले पछिल्लो तीन महिनामा विभिन्न मुद्धाका ३३ जना फरार अभियुक्तबाट १ सय १७ बर्ष कैद असुल गरेको छ ।
कोरोना कहरविच जनजीवन सीमित हुँदा प्रहरीलाई फरार अपराधी पक्राउमा सजिलो भएको छ । त्यसैगरी सोही अवधिमा विभिन्न मुद्धामा दोषी करार भएपछि फरार रहेका अभियुक्तबाट दुई लाख ४० हजार ४ सय ६९ रुपैयाँ जरिवाना पनि असुल गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘फरार अपराधी भाग्न सक्ने संभावनालाई ख्यालगरी लकडाउनलाई अप्रेसन गर्ने उपयुक्त समयको रुपमा उपयोग गऱ्यौं । तथापी यो प्रहरीको योजनावद्ध अप्रेसन नै थियो । केही अपराधी विदेश जाने योजनामा थिए, लकडाउनले रोकिएको अवस्था थियो’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘केही अपराधी घट्ना पुरानो भयो, प्रहरी फेरिए, विर्से भन्ठानेरै घर फर्केर ढुक्कले पनि बसेका भेटियो ।’
कतब्र्य ज्यान, सवारी ज्यान, डाँकाचोरी, लागु औषध समेतका मुद्धामा ३ बर्षदेखी २० बर्ष कैद तोकिएका फरार अपराधी पक्राउ परेपछि कैद तथा जरिवाना असुल भएको हो ।
प्रहरीका अनुसार ०६६ साल फागुन ११ गते साविक ओखरवोट, ३ च्यूरीवोलमा बाग्लुङ तमानका नारायण छन्त्यालको हत्यागरी फरार रहेका सोही ठाउँका बलमान घर्ती, तीर्थेन्द्र घर्ती, जीवन घर्ती, दुर्गाबहादुर घर्ती र दलप्रसाद पुन १० बर्षपछि फक्राउ परे । जिल्ला अदालतले बलमान घर्ती, तीर्थेन्द्र घर्ती र जीवन घर्तीलाई २०– २० बर्ष (जन्मकैद) र १६ बर्ष उमेर ननाघेकोले बालबालिका भनि दुर्गाबहादुर घर्ती र दलप्रसाद पुनलाई १०–१० बर्षको कैद हुने फैसला गरेपनि फरार थिए । पोखराको विभिन्न स्थान ब्यापार ब्यवसाय गर्दै आएका फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तैगरी ०५६ असोज २१ गते साविक मुना, ३ का गर्वे पाईजाको हत्या गरेका स्थानीय चन्द्रबल घर्तिलाई जिल्ला अदालतले कतब्र्य ज्यान मुद्धामा २० वर्ष (जन्मकैद) संजायको फैसला गरेपनि दोषी फरार थिए । कतब्र्य ज्यान मुद्धामा जन्मकैद तोकिएका चन्द्रवल पटक–पटक विदेश जाने घर फर्कने गरेका थिए । अपराध गरेको २० बर्षपछि हालै घरबाट पक्राउ परेका परे ।
पछिल्लो पटक लकडाउन सुरु हुने केही अघि घर विदामा आएका घर्ती लकडाउनले विदेश फर्केन पाएका थिएनन । लकडाउनले घरमै खुम्चिएका घर्तीलाई प्रहरीले गत भदौ ७ गते पक्राउगरी धौलागिरी गाउँपालिका, ३ स्थित घरबाट पक्राउगरी कारागार पठाएको छ ।