- Loading...
म्याग्दीमा समुदाय स्तरमै देखियो कोरोना संक्रमण
- पुनहिल डट कम
- ४ साल अघि
- १४३ पटक पढिएको

मालिका गाउँपालिका, ५ देविस्थानकी ३५ बर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । म्याग्दीमा समुदाय स्तरमा कोरोना संक्रमण भएको यो पहिलो केस हो ।
गत असोज १५ गते उपचारकालागी पोखराका विभिन्न अस्पताल पुगेकी निजी महिलाको पोखराकै एक अस्पतालमा उपचारक्रममै स्वाव परिक्षण गर्दा कोरोना पुष्टी भएको हो । म्याग्दीमा हालसम्म विदेश/बाहिरबाट फर्केर क्वारेन्टाईनमा बसेका ब्यक्तिमा मात्र कोरोना संक्रमण देखिँदै आएकोको थियो ।
उनलाई हाल पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेर फोन कुराकानीका आधारमा सम्पर्कमा रहेका ब्यक्तिहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको स्वास्थ्य कार्यालय बेनीका प्रमुख एकनारायण लम्सालले बताए ।
म्याग्दीमा हालसम्म ७ जनामहिला समेत ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमति मध्य ५ जनाको उपचार भैरहेको छ । बाँकी उपचारपछि कोरोना संक्रमण मुक्त भै घर फर्केका छन ।
हालै अथुङ्गे स्थित सैनिक ब्यारेकमा कार्यरत दुई सैनिक र गाउँबाट उपचारक्रममा अस्पताल पुगेकी यी महिलामा कोरोना भेटिएसँगै जिल्लामा कन्ट्राक्ट ट्रेसिङको काम जटिल वन्न थालेको छ । संघारमा आएको दशैं लक्षितगरी बेनीका कपडा, कस्मेटिक, स्पोर्ट समेत प्राय: सवै पसलेहरु कोरोना संक्रमणको हटस्पट बनेको काठमाण्डौ पुगेर फर्केका छन । उनीहरु होम क्वारेन्टाईनमा समेत नबसी पसलमै बसेर ग्राहकहरुसँगै सम्पर्कमा रहेकाले समुदायमा संक्रमण फैलने जोखिम उच्च भएको छ ।
समुदायमा संक्रमण फैलिन नदिन स्थानिय प्रशासन र सरकारको निर्देशनको उल्लङ्घन गर्दै सरकारी अधिकारीहरु, जिल्लाका राजनैतिक दल, केही सामाजिक संस्था र आफुलाई समाजको उपल्लो बर्गको ठान्ने स्वघोषित अगुवाहरुले नै कोरोना संक्रमण रोकथामको सावधानीमा चरम लापरवार्ही गर्दै आएका छन । उनीहरुले कोरोना संक्रमणको हटस्पट मानिएका काठमाण्डौ समेत ठूला सहरमा जाने/फर्कने विषयलाई ठूलो उपलब्धीको रुपमा ब्याख्या गर्दै हिंड्ने गरेका छन ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले हालै एक विज्ञप्ती प्रकाशन गरी दशैं, तिहारजस्ता चाडपर्व नेपाली समाजको सभ्यता, संस्कृति र सद्भाव साट्ने पर्व भएपनि यो वर्ष कोरोना संक्रमणको जोखिम अधिक रहेकोले जो जहाँ छ त्यहीं बसेर मनाउन आग्रह गर्दै, जनस्वास्थ्य मापदण्ड पूर्णपरिपालना, सामाजिक दुरी कायमगरी जमघट, भिडभाड नगर्न आग्रह गरेको छ ।
‘यो कोरोना भाईरस संक्रमणबाट उत्पन्न स्वास्थ्य महाविपदले निम्त्याएको असामान्य अवस्थामा सवै संयमित हुनै पर्ने छ । बाँचे अर्को वर्ष चाडपर्व मनाउँला जनस्वास्थ्य मापदण्ड सवैले पालना गरौं’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीेले भने, ‘कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेकोले थप सतर्कता अपनाउनै पर्ने भएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
