FLASH NEWS
  • Loading...

कोरोनाले नेपालको अर्थतन्त्र संकुचित हुने विश्व बैंकको प्रक्षेपण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८० पटक पढिएको
कोरोनाले नेपालको अर्थतन्त्र संकुचित हुने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२% मा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकको दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनले कोरोना भाइरसका कारण लक डाउन हुँदा यो वर्ष आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरेको हो । लक डाउन तथा निषेधाज्ञाबाट आर्थिक गतिविधिमा असर गरेको छ । विशेष गरेर पर्यटन क्षेत्रमा व्यापक असर गरेकाले आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरिएको हो ।

सन् २०२१ मा पनि नेपालको अर्थतन्त्र वृद्धिदर ०.६% पुग्ने अनुमान छ । विश्व बैंकले सार्वजनिक गरेको अर्धवार्षिक तथ्यांक अनुसार दक्षिण एसिया हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको उल्लेख गरेको छ । यसबाट दक्षिण एसियामा चरम गरिबी देखा पर्ने बैंकले अनुमान गरेको छ ।