- Loading...
के नेपालका कम्युनिष्ट पनि अमेरिका जान नपाउने हुन् ? के भन्छ अमेरिकी दूतावास ?
- पुनहिल डट कम
- ४ साल अघि
- १२२ पटक पढिएको

अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्यहरुलाई भिसा नदिने समाचारहरु बाहिरिएपछि नेपालमा साँच्चै अमेरिका जान कम्युनिष्ट पार्टीको सदस्यताले रोक्ने हो की भन्ने भ्रम सिर्जना भयो।
यो विषयमा काठमाडौंस्थित अमेरिकी राजदूतावासले प्रष्टीकरण दिएको छ।
दूतावासले भनेको छ, ‘अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकासित केही भ्रामक सूचनाहरूका सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको छ। हामी के स्पष्ट पार्न चाहन्छौं भने नीतिहरू वा दशकौं पुरानो कम्युनिष्ट पार्टी या निरंकुश राज्यहरूबाट अमेरिकामा आप्रवासन हुने प्रावधानहरूमा कुनै पनि परिवर्तन गरिएको छैन। त्यसैगरी यसले नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरूको अमेरिका आप्रवासनमा आफसेआफ रोक लगाउने भन्ने होइन किनभने अमेरिकी भिसासम्बन्धी निर्णय हरेक भिसा आवेदकहरूको आवेदनका आधारमा गरिन्छ।’
दूतवासले अगाडि भनेको छ, ‘अमेरिकी नागरिक तथा आप्रवासन सेवाले हालसालै प्रशासनिक निर्देशिका जारी गरेको हो (खासमा एक सूचनामुलक जानकारी) र यो अमेरिकामै रहनुभएका आप्रवासीहरूको आवेदनमा काम गरेरहनुभएका (USCIS) अधिकृतहरूको लागि हो। यससम्बन्धी समाचारहरूले भ्रम पैदा गरेका छन्। सन् १९५२ मा अमेरिकी कङ्ग्रेसले आप्रवासन तथा नागरिकता ऐन पारित गरेको थियो, जसले कुनै कम्युनिष्ट वा अधिनायकवादी पार्टीहरूसँगको संलग्नता अथवा सदस्यता भएका व्यक्तिहरूलाई अमेरिका आप्रवासनमा रोक लगाएको थियो।’
यो कानूनमा धेरै अपवाद र छूटको व्यवस्था गरिएको छ, जसले अन्य तवरले योग्य पार्टी सदस्यहरूलाई अमेरिका आप्रवासनको अनुमति दिने दूतावासले जनाएको छ। साथै यस् कानून आस्थायी रूपमा वा गैरआप्रवासन प्रयोजनको लागि अमेरिका भ्रमण गर्न चाहने व्यक्तिहरूलाई कुनै असर नगर्ने उसले जनाएको छ। दूतावासले भनेको छ, ‘विचार या पृष्ठभूमिमा विविधता भएका आवेदकहरूलाई हामी सधैं स्वागत गर्दछौं। हामी नेपालको बहुदलीय लोकतन्त्रको सम्मान गर्दछौं तथा ७३ बर्षदेखि झैं निरन्तर रूपमा नेपालको निर्वाचित सरकार र यहाँका जनतासँग गर्दै आएझैं लोकतन्त्रको थप सुदृढिकरणका लागि काम गरीररहने प्रतिवद्धता पनि दोहोर्याउन चाहन्छौं।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
