- Loading...
अब, नाम लुम्बिनी, स्थायी राजधानी भालुवाङ
- पुनहिल डट कम
- ४ साल अघि
- १३१ पटक पढिएको

प्रदेश ५ को नामकरण लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।
प्रस्तावको पक्षमा ७९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा चार परेको छ । प्रदेशसभामा रहेका ८७ मध्ये ८३ सांसद मतदानमा सहभागी भएका थिए ।
कांग्रेसका साबिक लुम्बिनी अञ्चलका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भने विपक्षमा मत हालेका थिए । एक जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।
प्रदेशसको स्थायी राजधानी तोक्ने सम्बन्धमा प्रदेश ५ को प्रदेशसभामा भएको मतदानमा नेपाली कांग्रेसका केही सभासदले पार्टी ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
कांग्रेस संसदीय दलले सरकारले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी तोक्ने गरी राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । पार्टीका मुख्य सचेतक सुरेन्द्र हमाल भने मतदानमा उपस्थित भएनन् ।
प्रदेश ५ सरकारले यस प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव प्रदेश संसदमा गरेसँगै अस्थायी राजधानी रहेको बुटवल केही दिनदेखि तनावग्रस्त छ । उता, दाङवासी भने प्रदेश सरकारको उक्त प्रस्तावपछि दीपावलीसहित खुसी मनाइरहेका थिए ।
प्रदेश सरकारको यस प्रस्तावप्रति सत्तारुढ नेकपाकै सांसदहरु असन्तुष्ट थिए भने प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगामुढा प्रहार भएको थियो । प्रदेश ५ संसदको यस निर्णयसँगै अब प्रदेश ५ को नामकरण र स्थायी राजधानीको टुंगो लागेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
