- Loading...
प्रधानमन्त्री ओली र श्रीमती राधिकाको कोरोना रिपोर्ट नेगेटिभ
- पुनहिल डट कम
- ४ साल अघि
- १७८ पटक पढिएको

शुक्रबार कोरोना परीक्षणका लागि नमूना दिएका आफ्ना तीन जना सल्लाहकार तथा सचिवालयका केही सदस्यहरुको कोरोना रिपोर्ट पोजेटिभ आए पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको रिपोर्ट नेगेटिभ आएको छ । तर, यो रिपोर्ट चार दिन अगाडीको हो ।
सचिवालय सदस्य रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका, सहयोगी राजेश बज्राचार्य, दीपेन्द्र दाहाल लगायतले बुधबार विहान नै पीसीआर परीक्षणका लागि नमूना दिएका थिए । सोही दिन बेलुका आएको रिपोर्टमा नेगेटिभ छ ।
सचिवालयका केही सदस्यहरुले विहीबार नमूना दिएको भएपनि रिपोर्ट आइसकेको छैन् । शुक्रबार नमूना दिएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकारी सूर्य थापा, परराष्ट सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव इन्द्र भण्डारी, फोटोग्राफर राजन काफ्ले लगायतको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रेस सल्लाहकार थापाले आफूसहितका सल्लाहकार टोलीहरुमा अहिलेसम्म स्वास्थ्य समस्या नदेखिएको बताए ।
उता सचिवालय सदस्य बजगाईँले सल्लाहकार र सचिवालयका सदस्यहरुमा संक्रमण देखिएपछि प्रधानमन्त्रीको भेटघाट कार्यक्रम बन्द गरिएको जानकारी दिए ।
कसरी फैलियो संक्रमण ?
प्रेस सल्लाहकार थापाका अनुसार केही दिन अघि केही सुरक्षाकर्मीमा संक्रमण देखिएपछि त्यहाँ भित्र रहेका सबैको परीक्षण गराउन थालिएको हो । सो क्रममा बुधबार प्रधानमन्त्री र उनीसंग नजिक रहने सदस्यहरुको नमूना लिइएको थियो । त्यसपछि क्रमस अरुको पनि जाँच हुन थालेको हो ।
‘ केही दिन अघि केही सुरक्षाकर्मी साथीहरुमा संक्रमण देखिन थाल्यो । त्यो कहाँबाट कसरी संक्रमण भयो भन्ने पनि एकीन हुन सकेन । त्यसपछि संक्रमित सुरक्षाकर्मीको संख्या समेत बढदै जान थाल्यो । त्यसपछि हामी सबैले परीक्षण गराएका हौँ । यो हिजो आजको मात्रै होइन दुई चार दिन अघि देखिकै हो,’ थापाले भने ।
उनले बालुवाटारमा अहिलेसम्म दुई दर्जनबढी सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
