- Loading...
गरिमा विकास बैंकसँग सहारा विकास गाभिने
- पुनहिल डट कम
- ४ साल अघि
- २४८ पटक पढिएको

गरिमा विकास बैंकले सर्लाहीको सहारा विकास बैंक लि. लाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धमा सहमतिपत्र (एमओयु) मा शुक्रबार हस्ताक्षर सम्पन्न भएको छ ।
गरिमाको तर्फबाट अध्यक्ष चन्द्रकान्त बराल र सहाराको तर्फबाट अध्यक्ष सुगन्धकुमार गुप्ताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । गरिमाको प्रधानकार्यालय काठमाडौंमा छ भने सहाराको सर्लाहीको मलंगवामा छ ।
हाल गरिमाको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार छ । यस्तै, सहाराको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रहेको छ ।
गरिमाले हाल देशका सातै प्रदेशमा १ सय २ शाखा कार्यालयहरुमार्फत सेवा दिँदै आएको छ भने सहाराले सर्लाहीमा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ । प्राप्तिसम्बन्धी कार्य आगामी २०७८ वैशाख १ मा सम्पन्न गर्ने सहमति भएको छ ।
गरिमाले यसअघि शुभेक्षा र नीलगिरि विकास बैंकलाई प्राप्ति गरेको थियो । सहारासमेत प्राप्ति गरिसकेपछि गरिमा विकास बैंक प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा हिमाल, पहाड र तराईमा आफ्नो उपस्थिति ब्यापक बन्ने विश्वास लिएको जनाएको छ । source-safalaawas

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
