- Loading...
खेलाडी उत्पादन गर्न भलिबल प्रशिक्षण केन्द्र
- पुनहिल डट कम
- ४ साल अघि
- १४५ पटक पढिएको

व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ । शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् । बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ । “शुरुमा भर्नासहित रु. दुई हजार शुल्क तोकेको छौँ, त्यसपछि मासिक रु. १५ सय तिरे पुग्छ”, उनले भने ।
भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनुहुनेछ । ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताए । मासिक रु. पाँच हजार भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ । खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । “गलकोटमा भलिबलको आफ्नै विरासत छ, त्यसलाई जोगाउँदै नयाँ पुस्ताका खेलाडी जन्माउनुछ”, अध्यक्ष श्रीसले भने ।
गलकोटको भू–बनोटले गर्दा चाहेर पनि फुटबल, क्रिकेटजस्ता खेल प्रवद्र्धन गर्न कठिनाइ छ । भलिबल भने गाउँका कुनाकाप्चासम्मै लोकप्रिय छ । सानो मैदान, सीमित खर्चमा खेल्न सकिने भलिबलले बच्चादेखि ज्येष्ठ नागरिकसम्मलाई लोभ्याउँछ । मेला, महोत्सव र पर्वको अवसरमा वर्षेनि दर्जनौँ ठूला÷साना प्रतियोगिता गलकोटमा आयोजना गरिन्छ । विद्यालय उमेरदेखि नै भलिबलमा पोख्त र कुशल खेलाडी तयार गर्न प्रशिक्षण केन्द्रले सघाउने विश्वास लिइएको छ । अहिले प्रशिक्षण लिइरहेका युवक÷युवती पनि कम उमेरका छन् ।
गलकोटले भलिबलमा राम्रा प्रतिभालाई जन्म दिएको छ । गत १३ औँ दक्षिण एसियाली खेलकुदमा गलकोट नगरपालिका–१० पाण्डवखानीकी सोफिया पुनले भलिबलतर्फ काँस्य पदक हासिल गर्नुभएको थियो । यस्तै बिच भलिबलमा गलकोटकै राजु विकले नेपाली राष्ट्रिय टिमका तर्फबाट खेल्नुभएको थियो । source-safalawaj

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
