FLASH NEWS
  • Loading...

बैंङलोरसँग राजस्थान स्तब्ध, बिराट कोली चक्केपछि ८ विकेटले विजयी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८३ पटक पढिएको
बैंङलोरसँग राजस्थान स्तब्ध, बिराट कोली चक्केपछि ८ विकेटले विजयी

१३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबारको पहिलो खेलमा रोयल च्यालेन्ज बैंङलोर ८ विकेटले विजयी भएको छ । कप्तानी पारी खेल्दै विराट कोलीले उत्कृष्ठ पारी खेल्दै नटआउट ५३ बलमा ७२ रन जोडेका छन् ।
टस जितेर ब्याटिङका लागि बोलाइएको राजस्थान रोयल्सले दिएको मध्यम स्तरको १५५ रनको लक्ष्यलाई बैंङलोरले १९.१ पूरा गरेको थियो । कोली र ओपनर देवदत्त पदिक्कलको उत्कृष्ट पार्टनरसिपले बैंङलोरले सहज जित हासिल गर्न सम्भव भएको हो ।
ओपनर आरोन फ्रिन्ट भने जम्न सकेनन् । उनी सातौं बल श्रेयस गोपालको बलिङमा एलबीडब्लु आउट भएका थिए । दोस्रो विकेटका रुपमा उत्कृष्ठ पारी खेलेका देवदत्त ४५ बलमा ६३ रन बनाउँदै आर्चरबाट बोल्ड भएका थिए । चौथो विकेटका रुपमा आएका एभी भिल्लर १० बलमा १२ रन बनाउँदै नटआउट रहे ।
टस हारेर ब्याटिङमा आएको राजस्थानको ओपन जोडी खासै जम्न सकेनन् । जोस बट्लर र कप्तान स्टिभ स्मिथको जोडी पारी संहाल्न सकेनन् । फलस्वरुप स्मिथ जम्मा ५ रन बनाएर पेभेलिन फर्के भने बट्लर १२ बलमा २२ रन बनाउँदै नवदीपको बलिङमा देवदत्तको क्याच लिएर आउट भए ।
आफ्नो पालीमा ६ विकेट गुमाएर १५४ रनको लक्ष्य दिएको राजस्थानका लोम्रोरको ४७ रनबाहेक अन्य खेलाडी जम्न सकेनन । अन्य खेलाडीमा सामसुन ४, उथप्पा १७, पराग १६, राहुल २४ र आर्चर १६ रनमा नटआउट रहे ।
बलिङतर्फ बैंङलोरका चाहलले ४ ओभरमा २४ रन दिँदै ३ विकेट लिए भने उडानले ४ ओभरमा ४१ रन दिँदै २ विकेट लिए । यस्तै नवदीपले पनि ४ ओभर बलिङ गरेर ३७ रन दिई एक विकेट लिएका थिए । अन्य बलरहरुले विकेट लिन सकेनन् । आईएलमा आज दुई खेल खेलाएकोमा दोस्रो खेलमा अहिले दिल्ली र कोलकोलाबीच खेल हुँदैछ ।