- Loading...
कोरोना संक्रमणबाट सरकारी सेवाका दुई स्वास्थ्यकर्मीको एक साता भित्रै निधन
- पुनहिल डट कम
- ४ साल अघि
- १५१ पटक पढिएको

कोरोना संक्रमणबाट सरकारी सेवामा कार्यरत दुई जना स्वास्थ्यकर्मीको एक साता भित्रै निधन भएको छ । बरिष्ठ अर्थोपेडिक सर्जन डा हरिप्रसाद सापकोटा (५८) र सीअहेव रामसिकिल प्रसाद साह (५८)को चार दिनको अन्तरमा निधन भएको हो ।
कोरोेना संक्रमणमा परेका बरिष्ठ अर्थोपेडिक सर्जन डा हरिप्रसाद सापकोटाको विहीबार दिउसो ३ : १० बजे ज्यान गयो । उनी सरकारी सेवामा कार्यरत एघारौँ तहका बरिष्ठ चिकित्सक थिए । ५८ बर्षका उनी सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत थिए ।
उनमा गत २९ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य बिग्रँदै जाँदा उनलाई १ असोजमा नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरी त्यहाँबाट थप उपचार शुरु गरिएको थियो । पछिल्ला केही दिन स्वास्थ्यमा सुधार आएको भनिएपनि विहीबार विहानबाट एक्कासी बिग्रियो । अन्तत उनको ज्यान गयो ।
डा सापकोटा मात्रै होइन यो साता सरकारी सेवामा कार्यरत अर्का स्वास्थ्यकर्मीको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । पर्सा जिल्लाको जगरनाथपुर गाँउपलिकाको स्वास्थ्य शाखामा कार्यरत रामसिकिल प्रसाद साहको ५८ बर्षको उमेर गत १२ असोजका दिन काठमाडौँमा निधन भयो ।
मनरा नगरपालिका ७ महोत्तरी घर भएका उनलाई पनि थप उपचारका लागि १ असोजमा काठमाडौ ल्याइएको थियो । तर त्रिवि शिक्षण अस्पतालमा आइसीयू नपाएपछि उनलाई बुढानिलकण्ठस्थित करुणा अस्पतालमा लगिएको थियो । स्वास्थ्य विग्रँदै जाँदा उनलाई भेन्टिलेटरमा त राखियो तर ज्यान बचाउन सकिएन । १२ असोज विहान साढे ८ बजे उनको निधन भयो ।
यी दुई स्वास्थ्यकर्मीको उमेर समान छन् । रिफर भएको मिति पनि समान छ । मृत्युको कारण पनि समान छ । सरकारले कोरोनाबाट मृत्यु हुने स्वास्थ्यकर्मीको परिवारलाई २५ लाख क्षतिपूर्ति दिइने बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम कोरोना संक्रमणको अवस्था झन जटिल मोडतर्फ सोझिएको भन्दै स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणलाई सचेतता र सुरक्षित भएर आफ्ना कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन् । उनले महामारीको यो समयमा कोरोना संक्रमणलाई ख्याल ठट्टाको रुपमा नलिन समेत आग्रह गरका छन् ।
‘हाम्रा लागि एक जनाको क्षति हुनुपनि दुखद हो । अझ हाम्रा सहकर्मी स्वास्थ्यकर्मी नै गुमाउनु पर्दाको पीडा त व्यक्त गर्न नसकिने खालको छ । तर हामी स्वास्थ्यकर्मीहरु यो महामारीको समयमा दृडताका साथ अघि बढ्नुको विकल्प छैन् । आम सर्वसाधारणले यसमा सहयोग पुरयाउनुपर्ने छ । त्यसका लागि हामीले भनेको मास्कको प्रयोग, सामाजिक दुरी कायम र सावुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने काममा लाग्नुहोला,’ उनले भने ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
