- Loading...
सरकारविरुद्ध यौनकर्मीले हाले मुद्दा
- पुनहिल डट कम
- ४ साल अघि
- १२९ पटक पढिएको

सरकारले कोरोनाभाइरसबाट प्रभावित साना व्यवसायलाई नगद सहयोग गर्ने योजनामा यौन उद्योगलाई बाहेक गरेको भन्दै जापानका यौन व्यवसायीले सरकारविरुद्ध मुद्दा हालेका छन् ।
ग्राहक कहाँ यौनकर्मी पठाउने व्यवसाय संचालन गर्ने एक महिलाले बुधबार सरकारको निर्णय संविधानले प्रतिबन्ध गरेको भेदभाव भएको आरोप लगाएकी छिन् । जापान टाइम्सका अनुसार टोक्यो जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा ती महिलाले सरकारले दिने सहयोग रकमका साथसाथै उचित आधार बिना भेदभाव गरिएकोमा क्षतिपूर्ति समेत माग गरेकी छिन् ।
उनले अदालतमा दर्ता गरेको मुद्दामा सरकारले दिने सहयोग रकम वितरण गर्ने जिम्मेवारी पाएका २ कम्पनीहरुलाई पनि विपक्षी बनाएकी छिन् । जापान सरकारले साना व्यवसायलाई आर्थिक सहयोग गर्नको लागि ल्याएको यो प्याकेजमा २ मिलियन जापानी येनसम्म आर्थिक सहयोग दिन सकिने व्यवस्था छ । साथमा यो योजनाले साना व्यवसायलाई भाडा तिरिदिने पनि व्यवस्था गरेको छ । यद्यपि यो कार्यक्रममा यौन उद्योगका व्यवसायहरु यौनकर्मी आपूर्ति गर्ने, ‘लभ होटल’ संचालकहरु र यौनजन्य गतिविधिका लागि स्थान उपलब्ध गराउनेहरु समेटिएका छैनन् ।
ती महिलाका कानुन व्यवसायीका अनुसार उनले स्थानीय अधिकारीको अनुरोधमा मध्य अप्रिलदेखि मे महिनाको अन्त्यसम्ममा आफ्नो व्यवसाय पूर्ण रुपमा बन्द गरेकी थिइन् । भाइरस प्रसार नियन्त्रण गर्नको लागि उनको व्यवसाय बन्द गरिएपछि उनको व्यवसायमा अप्रिल महिनामा ८० प्रतिशत र मे महिनाका ७० प्रतिशतले गिरावट आएको थियो । source-agencys

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
