FLASH NEWS
  • Loading...

लागुऔषध सहित दुर्व्यसनी पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०९ पटक पढिएको
लागुऔषध सहित दुर्व्यसनी पक्राउ

बेनी नगरपालिका, ८ बेनीको गणेशटोलका एक युवालाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उपलब्ध गराएको विवरण अनुसार बेनीबजारको गणेशटोलका २९ बर्षिय विमल भण्डारीको कोठाबाट कोटको कभरभित्र लुकाई राखेको लागु औषध डाईजेपाम–३०, फेनरागन–३१ र नुर्फिन–३० थान र सिरिन्ज १ थानसमेत पक्राउ गरिएको हो ।
अवैध हतियारसहित पक्राउ
त्यसैविच जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डाक्टरप्रसाद चौधरीले सम्प्रेषण गरेको विज्ञप्ती अनुसार सीमा प्रहरी चौकी घोडेपानीबाट गएको टोलीले अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडाका ३१ बर्षिय अम्बर गर्वुजालाई अवैध भरुवा वन्दुकसहित पक्राउ गरेको छ ।

प्रहरीले गुर्वजाको साथबाट १ नाल भरुवा वन्दुक, सोमा लाग्ने गोली १७ थान, फलामका ४४ टुक्रा र बारुद १०० ग्राम बरामद गरेको छ ।

फोटो : जिल्ला प्रहरी कार्यालय, म्याग्दी