FLASH NEWS
  • Loading...

मंगला गाउँपालिकाका दुई जनामा कोरोना पुष्टी, कार्यालय वन्द

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९५ पटक पढिएको
मंगला गाउँपालिकाका दुई जनामा कोरोना पुष्टी, कार्यालय वन्द

म्याग्दी मा शनिबार थप २ जनामा काेराेना पुष्टि भएकाे छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङमा परेका थिए ।

मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे विज्ञप्तिमा उल्लेख छ ।

कोरोना पुष्टी भएपछि मंगला गाउँपालिकामा कार्यरत कृषी शाखाका ति कर्मचारीले आफु असोज १० गतेदेखी २० गतेसम्म बेनी कालीपुल स्थित होल्डिङ सेन्टरमा बसेको र २५ गतेदेखी लक्षण देखिएपछि असोज २८ गते बेनी अस्पतालमा गै पिसिआर टेष्ट गरेपछि सुरक्षित आईसोलेसनमा रहेको उल्लेख गरेका छन ।
त्यसैविच मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले आईतवार नै सूचना प्रकाशित गरी  २ जना कर्मचारीमा कोरोना पुष्टी भएकोले आन्तरिक तथा अति जरुरी काम बाहेक कार्यालय वन्द गरेको जनाएका छन ।

त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङको वाह्रगाउमुक्ति क्षेत्र गाउँपालिकाको कागवेनीका एक ब्यक्ति काठमाण्डौबाट गाउँआए लगत्तै कोरोनाको लक्षण सहितका विरामीभै काठमाण्डौमा उपचार गर्न फर्केकोमा अस्पतालमै मृत्यु भएकोले वस्ती र गाउँपालिकाको कार्यालय समेत कन्ट्रयाक ट्रेसिङमा परी कात्तिक ६ गतेसम्मकालागी कार्यालय बन्द गरेको सो गाउँपालिकाले जनाएको छ ।