- Loading...
पृथ्वी आकारको अर्को ग्रह
- पुनहिल डट कम
- ४ साल अघि
- १४१ पटक पढिएको

‘के२–३१५–बी’ नाम राखिएको नयाँग्रहको नासाले बनाएको स्केच(माथि) र अनुसन्धानकर्मी प्रज्वल निरौला ।
उनका अनुसार पृथ्वीबाट १ सय ८५ प्रकाश वर्ष टाढा रहेको यो ग्रहले आफ्नो तारालाई प्रत्येक ३ दशमलव १४ दिनमा परिक्रमा गर्छ । गणितमा पाईको मान ३.१४ हुने भएकाले यो ग्रहलाई पाई ग्रह पनि भनिएको छ । यसको गति ८१ किलोमिटर प्रतिसेकेन्ड रहेको छ ।
अनुसन्धानले यो ग्रहको सतही तापक्रम अत्यधिक रहेको जनाएको छ । ग्रहको सतही तापक्रम १८५ डिग्री सेल्सियस रहेकाले यसमा जीवनको सम्भावना नरहेको उनले बताए । तारा नजिक भएकाले यो ग्रहको वायुमण्डल धेरै नै तातिँदा ग्रहभित्र ग्यास अडिन नपाउने र वायुमण्डल बन्न नसक्ने सम्भावना उनले औंल्याए । ग्रहको वायुमण्डलसम्बन्धी अनुसन्धान हाल नगरिए पनि अनुमान लगाइएको उनको भनाइ छ । ‘वैज्ञानिकहरूलाई सबैभन्दा धेरै पिरोल्ने प्रश्न भनेको जीवन पृथ्वीमा मात्रै सम्भव छ भन्ने हो । हाम्रो काम भनेकै ग्रहहरूको खोज हो,’ उनले भने । ‘अहिले पत्ता लगाएको ग्रह बस्न लायकको थियो भने के हुन्थ्यो ? ग्रहहरू खोज्नु भनेको जीवन छ कि छैन भनेर हो । अनि त्यसपश्चात् अध्ययन गर्नॅ नै हो,’ उनले भने ।
हरेक राति सौर्यमण्डलभन्दा बाहिरका ताराको वरिपरि घुम्ने ग्रहहरूको ग्रहण (छाया) को खोजी गरेर त्यसैलाई आधार मानी वैज्ञानिकहरू ग्रह पत्ता लगाउँछन् । उनका अनुसार सानो तारा वरिपरि घुम्ने ग्रहहरूको वायुमण्डल अध्ययन गर्न सजिलो हुने भएकाले स्पेकुलसलाई त्यस्ता ग्रहहरूको खोजीमा प्रयोग गरिन्छ । सौर्यमण्डल बाहिरका ग्रह ताराको तुलनामा निकै मधुरा हुन्छन् । तर ती ग्रहको ग्रहण तारामा पर्दा टेलिस्कोपको सहयोगबाट देख्न सकिन्छ । तारामा देखिने ग्रहणलाई आधार मानेरै आफूहरूले नयाँ ग्रहबारे थाहा पाएको उनले बताए । ‘ग्रहहरू जति तारा नजिक हुन्छन्, पत्ता लगाउन त्यति नै सजिलो हुन्छ,’ उनले अनुभव सुनाए ।
उक्त समूहले सन् २०१८ मा पनि सौर्यमण्डल बाहिर रहेका ३ वटा ग्रहहरूको ‘प्लानेटरी सिस्टम’ पत्ता लगाएका थिए । यो अनुसन्धानमा सन् २०१९ मा भौतिक शास्त्रतर्फ नोबल पुरस्कार पाएका क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ता डिडियर कोएलोजले पनि सहयोग गरेका छन् । ग्रहको अनुसन्धान सम्बन्धमा प्रकाशित वैज्ञानिक आलेखमा कोएलोज सह–लेखकका रूपमा छन् । उनले आफूहरूलाई अनुसन्धान गर्न प्रेरित गर्दै ग्रह खोज्ने तरिकाहरू सिकाएको निरौलाले बताए ।
कोएलोज तिनै भौतिकशास्त्री हुन्, जसले पहिलो पटक सन् १९९५ मा सौर्यमण्डल बाहिर ग्रह पत्ता लगाएका थिए । उनले पत्ता लगाएको ग्रहको नाम ५१–पेगासी–बी हो । यही ग्रह पत्ता लगाएको भन्दै उनलाई नोबल पुरस्कार दिइएको थियो । गत वर्ष भौतिकशास्त्रमा उनीसहित जेम्स पेब्लस र माइकल मेयरलाई संयुक्त रूपमा भौतिकशास्त्रतर्फको नोबल पुरस्कार दिइएको थियो । संसारमा हालसम्म ४ हजार वटा ग्रहहरू पत्ता लागेका छन् । तीमध्ये थोरै ग्रहहरूको मात्रै वायुमण्डल अध्ययन भएको छ । वैज्ञानिकहरूले ती ग्रहहरूको अध्ययन र विशेषताहरू बुझ्दै पृथ्वी बाहिर जीवन सम्भव हुने–नहुनेबारे खोज गरिरहेका छन् ।
एमआईटीको एटमोस्फेरिक एन्ड प्लानेटरी साइन्सेस (ईएपीएस) विभागमा कार्यरत निरौलाले नेपालबाट पनि अध्ययन गरेर नयाँ ग्रहहरू पत्ता लगाउन सकिने बताए । उनले नेपालमा खगोल विज्ञानसम्बन्धी अनुसन्धानको राम्रो रहेको समेत दाबी गरे । लगातार बादलले आकाश ढाक्ने भएकाले खगोलसम्बन्धी अध्ययनका लागि नेपालका धेरै ठाउँको मौसम अनुकूल मानिँदैन । मुस्ताङलगायत हिमालपारिका जिल्लाहरूमा अनुसन्धान केन्द्रको स्थापना गरी अध्ययन गर्न सकिने उनको भनाइ छ । ती स्थानहरूमा टेलिस्कोप राखेर अध्ययन गर्न सके खगोल विज्ञानलाई अझ प्रभावकारी बनाउन सकिने उनले बताए । आफ्नो समूहले पत्ता लगाएको ग्रहले वैज्ञानिक खोजको दायरालाई बढाएको उनले बताए । source-ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
