- Loading...
पानी पर्न रोकियो, पहिरो झर्न रोकिएन
- पुनहिल डट कम
- ४ साल अघि
- १०६ पटक पढिएको
तस्वीर : सुरेन गुरुङ्ग
मनसुन अत्य हुन ुपर्ने समयमा परेको चार दिने झरीले वस्तीमाथीबाट पहिरो झर्न थालेपछि अन्नपूर्ण गाउँपालिका, ३ जलथले र ४ कोप्चेपानीमा कम्तीमा २७ घर विस्थापित भएका छन ।
अन्नपूर्ण गाउँपालिका कार्यालयका अनुसार पहिरोले कोप्चेपानीका २२ घर परिवारलाई पहिरोले विस्थापित भएपछि धौलागिरी आधारभुत विद्यालय विद्यालय नजिकै भालेवास डाँडामा त्रिफालको गोठ बनाई राखिएको छ । मुस्ताङ जाने परम्परागत पदमार्गमा पर्ने पैहेथाप्लाबाट निरन्तर झरिरहेका पहिरो कोप्चेपानी वस्ती तर्फ सोझिएपछि स्थानीय सुरक्षित स्थान तर्फ लागेका हुन ।
‘असोज लागेपछि बाढीपहिरोले दु:ख दिन थालेको छ । मनसुन सकियो भन्ने वेलामा पहिरोबाट ज्यान जोगाउन भागाभाग भयौं । झरी त रोकियो तर पहिरो रोकिएको छैन’ अन्नपूर्ण गाउँपालिका, ४ कोप्चेपानीका पहिरोबाट विस्थापित यामबहादुर खड्काले भने, ‘जुन स्केलमा पहिरो खस्न थालेको छ र ती ढुङ्गामाटो खस्ने हो भने कालीगण्डकी थुनिने र वस्ती पुरै बग्ने जोखिम उच्च छ ।’
त्यस्तै बेनी–जोमसोम सडक खण्डमा पर्ने जलथलेमा माथी फगामको वस्ती बग्दै आएको लेदो पसेपछि ७ घर विस्थापित भएका छन । नजिकै सडक छेउको अर्को वस्ती गुईठेका ५ घरपनि उच्च जोखिममा रहेका छन । आकाशबाट पानी पर्न रोकिएपनि माथीबाट पहिरोमा लेदो र जमिन नै बग्न छोडको छैन । गत भदौ दोस्रो साता पहिरोले अन्नपूर्ण गापा, ३ फगाम वस्ती बगेपछि १७ घर परिवार विस्थापित भएका थिए । उनीहरुलाई नजिकै पाखोमा प्लास्टिकका गोठ बनाई राखिएको छ ।
‘पहिरोले पुर्खाको थलोबाट उठिवास लगायो । गाउँ छोड्न मन छैन, जाने ठाउँ छैन’ पीडित अमृता गर्वुजाले भनिन, ‘घर त भत्क्यो बचेको बर्खाभरी लगाएको वालीसमेत कोदोवारी अझै बग्न रोकिएको छैन । न वार्न मिल्ने न कसैलाई भनसुन गर्न मिल्ने । हेर्दाहेर्दै आज–आज झन तल झन तल पुग्छ वारी ।’
वस्तीदेखी तल निर्माणाधिन बेनी–जोमसोम–कोरला सडकको गुईठे खण्डमा सडको स्तर बृद्धी गर्न भित्ता काटेपछि सुरु भएको पहिरो बढ्दै वस्ती पुगेको हो । विस्थापित परिवारलाई गाउँ छेउका तुलनात्मक पाखामा प्लासिटकको गोठ बनाई स्थानन्त्रण गरिएको छ । अस्थार्य वस्ती राख्ने अन्नपूर्ण गाउँपालिकाले त्रिपाल र पीडितलाई खाद्यान्न राहत पुर्याएको जनाएको छ ।
‘तल कालीगण्डकी नदीको कटान, माथी बेनी–जोमसोम सडक विस्तारक्रममा गरिएको भित्तो काटिएको तर संरक्षण नगरिएको र त्यो भन्दामाथी कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाईनको टावर निर्माण गर्न खनिएको लिङ्क सडकले खलवलिएको जमिनमा यो वर्षको अधिक बर्षाले गर्दा माथी भिरालो पाखाको वस्ती चक्ला वन्दै तल बग्न थालेको हो’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्वुजाले भने, ‘वस्ती सुरक्षित स्थानमा सार्नु पर्ने छ तर उपयुक्त ठाउँ भेटिएको छैन । वस्तीदेखी माथी पाखामा बस भन्दा गाउँले मान्छैनन, सडक छेउमा सार्वजनिक जग्गा छैन ।’
जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार यस वर्ष बाढीपहिरोबाट ३१ जनाको मृत्यु, ५ जना वेपत्ता र …घाईते भएका थिए । त्यस्तै असार १ गते यता पहिरोले १ सय ७४ घर पूर्णरुपमा भत्केका छन । १ सय १२ घर आंशिक क्षतिग्रस्त छन । थप ५० बढी घर पहिरोको उच्च जोखिममा छन । बाढीपहिरोबाट प्रभावित सवै ३ सय ३६बढी घरपरिवार सुरक्षित स्थानमा त्रिपालको गोठ, आमा समुह र विद्यालय भवनमा आश्रय लिएर बसेका छन ।
‘पहिरोल घर भत्केकाहरु अव नयाँ घर नबनाई फर्कन सक्ने अवस्था छैन । अंशिक क्षति भएका र जोखिममा परेकाहरु अव विस्तारै पुरानै थलोमा फर्कने विश्वास गरेका छौं’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने, ‘धौलागिरी गापाको मराङका पहिरो प्रभावित वस्ती र अन्नपूर्ण गापाको फगामवस्ती पुन: फर्कन सक्ने अवस्था छैन, स्थानन्त्रण नै गर्नु पर्ने देखिन्छ ।’
त्यसैविच सडकमा पहिरो झरेपछि जिल्लाबाट मुस्ताङ, बाग्लुङ र पश्चिम भेग जोड्ने मुख्य तीन वटै सडकमा यातायात अवरुद्ध छ । प्रहरीका अनुसार शनिवार बेनी–जोमसोम सडकको बेगखोला, जलथले, रुप्सेछहरा र काप्रेभीरमा पहिरोले यातायात अवरुद्ध छ । त्यस्तै बेनी–दरवाङ्ग सडक अन्र्तत मंगला गाउँपालिकाको घुमाउने भीर र मालिका गाउँपालिकाको बाङ्गेपहिरोमा सडक अवरुद्ध छ । बेनी–बाग्लुङ् जोड्ने सडकको बेनी नगरपालिका, २ रानीवनमा पहिरोले यातायात अवरुद्ध छ ।
त्यस्तै सदरमुकाम बेनीदेखी ११ किमी उत्तर बेनी–जोमसोम सडकमा पर्ने रघुगंगा गाउँपालिका, १ बेगखोलामा पानीको सतह बढेकोले पैदल यात्रा पूर्ण अवरुद्ध भएको छ । यातायात अवरुद्ध भएपछि मुस्ताङबाट आलु, स्याउ बोकेर झरेका र तल बेनीहुँदै खाद्यान्न समेत निर्माण सामाग्री बोकेर आएका सयौं सवारी साधन वारीपारी रोकिएका छन ।
साउन २६ गतेको बाढीले एक महिनासम्म अवरुद्ध सडक रुप्से झरनामा नयाँ ट्याक खोलेर भदौ १ गतेदेखी यातायात संञ्चालन गरिएको थियो । भदौ ३० गतेदेखीको बाढीले ट्याक समेत बगाएपछि पुन: यातायात तथा पैदल यात्रा अवरुद्ध भएको छ ।