- Loading...
हुम्लाका सहायक प्रजिअको स्पष्टीकरण : ‘गल्ती बोलेँ, क्षमा चाहन्छु’
- पुनहिल डट कम
- ४ साल अघि
- १८४ पटक पढिएको

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल
चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।
गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्ने गरी अभिव्यक्ति दिएका कारण सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधिएको बताए । ‘यति गम्भीर र संवेदनशील विषयमा बोल्नैपरे परराष्ट्रले बोल्छ, हामीलाई यो अधिकार छैन,’ बूढाले कान्तिपुरसित भने । उनले हुम्लाबाट आएको स्थलगत प्रतिवेदनमाथि पनि छानबिन भइरहेको बताए ।
हमालसहितको टोलीले चीनले नेपाली भूमि अतिक्रमण गरेको रिपोर्ट पेस गरेपछि गृह मन्त्रालयले असोज २ गते थप अध्ययन गर्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली ११ नम्बर स्तम्भ भएको स्थानतर्फ लागेको थियो । टोलीले स्तम्भ ढुंगाले छोपिएको अवस्थामा फेला पारेको छ । टोलीले ७ देखि १२ नम्बरसम्मका स्तम्भको अवस्थाबारे जानकारी लिएको छ ।
त्यसपछि बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन भएको थियो । दूतावासले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्टीकरण दिएको थियो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि चीनबाट नेपाली भूभाग अतिक्रमण नभएको बताएका थिए । गृह स्रोतले भन्यो, ‘सीमाजस्तो विषयमा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सहायक प्रजिअलगायतले कसरी बोले, यो विषयमा छानबिन भइरहेको छ ।’
यसैबीच हुम्लाको नाम्खा गाउँपालिकाको टाक्चेमा सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) राख्ने भएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले टाक्चेमा बीओपी स्थापना गर्न जग्गा प्राप्ति र संरचना निर्माणसम्बन्धी अध्ययन भइरहेको बताए । source – ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
