- Loading...
विज्ञले पत्ता लगाए कोरोनाभाइरसबाट नेपालीको मृत्युदर कम हुनुको वैज्ञानिक कारण
- पुनहिल डट कम
- ४ साल अघि
- १४२ पटक पढिएको

कोरोनाभाइरसको संक्रमण अहिले विश्वभरी फैलिएको छ । नेपालमा बिहीबारसम्म ६९ हजार ३ सय जना संक्रमित भएका छन् । यीमध्ये ४५३ जनाको मृत्यु भएको छ । विश्वभरीको तथ्यांक हेर्दा तुलनात्मक रुपमा नेपालको मृत्युदर कम देखिएको छ । युरोप र अमेरिकी देशहरुको तुलनामा दक्षिणपूर्वी एसियाली देशहरुमा मृत्युदर कम छ । यसको पछाडि वैज्ञानिक कारण रहेको अध्ययनमा खुलासा भएको छ ।
बनारस हिन्दू विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनका अनुसार नेपाली, भारतीय, बंगलादेशी लगायत दक्षिणपूर्वी एसियाली देशका मानिसहरुको शरीरमा एउटा जीनको मात्रा अधिक छ जसका कारण उनीहरुको शरीरमा यो भाइरससँग लड्ने क्षमता पनि अधिक छ । यो जीनको मात्रा युरोप, अमेरिकी देशका मानिसहरुको शरीरमा भन्दा दक्षिणपूर्वी एसियाली देशका मानिसहरुको शरीरमा धेरै भएको अध्ययनमा खुलेको छ । यो जीनले शरीरमा कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउँछ ।
विश्वविद्यालयका प्रोफेसर ज्ञानेश्वर चौबेको नेतृत्वमा ६ संस्थामा जेनेटिक विशेषज्ञहरु सम्मिलित विज्ञ टिमले विश्वका फरक फरक समुदाय र क्षेत्रमा कोरोनाभाइरसको प्रभाव र उनीहरुको शरीरमा पाइने जेनेटिक कुराहरुको विषयमा गरेको अध्ययन पब्लिक लाइब्रेरी अफ साइन्स (प्लस) को मेडिकल जर्नल प्लस वनमा प्रकाशित छ । अध्ययनका आधारमा टाइम्स अफ इण्डियामा प्रकाशित रिपोर्टअनुसार दक्षिण एसियाली क्षेत्रका मानिसहरुको शरीरमा एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम–२ (एसीइ–२) जीन सर्वाधिक मात्रामा पाइएको छ । यो जीनले कोरोनाभाइरससँग लड्न शरीरलाई इम्युनिटी दिन्छ ।
अध्ययनका अनुसार यही जीनका कारण युरोपेली र अमेरिकी देशका मानिसहरुको तुलनामा दक्षिण एसियाली देशका मानिसहरु १२ प्रतिशत बढी सुरक्षित छन् । प्रोफेसर चौबेका अनुसार केही निश्चित क्षेत्र वा समुदायका मानिसहरुको शरीरको प्रतिरोधी क्षमताले यो भाइरसविरुद्ध काम नगरेको र केही क्षेत्रका मानिसहरुमा यसको प्रभाव निकै कम देखिएपछि यसबारे बुझ्नको लागि विश्वभरका मानिसहरुको जीनोम अध्ययन गरिएको बताए । प्रोफेसर चौबेका अनुसार यो अध्ययनमा अफ्रिका, युरोप, दक्षिण एसिया, दक्षिण पूर्वी एसियादेखि सायबेरियासम्मका मानिसहरुको अध्ययन गरिएको थियो ।
विश्वभरीका ४८३ मानिसहरुको जीनोम अध्ययन गर्दा दक्षिण एसियाका मानिसहरुको जीनोम दक्षिण पूर्वी एसियालीहरुको जीनोमसँग मेल खाएको पाइएको तथा युरोपेलीहरुको जीनोम अमेरिकीहरुको जीनोमसँग मेल खाएको पाइएको प्रोफेसर चौबेले बताए । इरानको जीनोम पनि युरोपका मानिसहरुसँग मिल्दो थियो । चौबेका अनुसार दक्षिण एसियाली मानिसहरुको शरीरमा म्युटेशन पनि अधिक थियो । source-dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
