FLASH NEWS
  • Loading...

स्याङ्जाको वालिङमा पहिरोमा परी एकैघरका ५ जनाको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५६ पटक पढिएको
स्याङ्जाको वालिङमा पहिरोमा परी एकैघरका ५ जनाको मृत्यु
अविरल वर्षापछि स्याङ्जाको वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।

वालिङ–१४, तमादीकी माया नेपालीको घरमाथिबाट बिहीबार बिहान ६ बजेतिर खसेको पहिरोमा पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् ।

मृत्यु हुनेमा ४८ वर्षीया माया नेपालीसहित २७ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली हुन् । बेपत्ता ४ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनायो । पहिरोमा मायाको परिवारका १० जना सदस्य पुरिएका हुन् ।

पहिरोमा पुरिएकी १६ वर्षीया मनीषा नेपालीलाई भने जीवितै उद्धार गरी उपचारार्थ गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको छ ।

प्रहरीद्वारा स्थानीयको सहयोगमा अन्य ४ जनाको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

उता, कालीगण्डकी गाउँपालिका ४, गौतमडाँडाका बाबुराम दमाई र जगतबहादुर दमाइको घरमाथिबाट गएराति करिब ३ बजे पहिरो खस्दा बाबुरामका १६ वर्षीय छोरा विष्णुको मृत्यु भएको छ ।